Jilla Ban Notis

भुक्तानी नपाए सम्म मिल संचालन हुन नदिने किसानहरुको चेतावनी ।

0 11

सहबान अन्सारीर

प्रतापपुर,पुस २६
नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलको मुख्य गेटमा उखु किसानहरुले ताला बन्दी गरी धर्नामा बसेका छन। आईतवार देखी लागातार धर्नामा बसेका किसानहरु आज सातौं दिन पनि धर्ना दिनहु सशक्त बन्दै गएको छ।जाडो महिनामा किसानहरुले मिलको मुख्य गेटमा तिर्पालको क्याम्प बनाई दिन रात आफ्नो भुक्तानीको लागी माग गर्दै आएपनि मिल प्रशासनले कुनै चासो नदेखाएको उखु किसानहरु आरोप लगाएका छन ।
किसानहरुले बाकी रहेको भुक्तानी पुर्ण रुपले नपाए सम्म मिल संचालन गर्न नदिने र धर्ना जारी रहने साथै मिल पक्ष र किसानहरु बिच सिधा संवाद गर्न र यस बिषयमा कुनै बिचौलिया बिच सम्झौता मान्य नहुने धारणा ब्यक्त गरेका छन।
निरन्तररुपमा किसानहरुले भुक्तानीको लागी धर्नामा बस्दै आएपछि शनिवार उखु कृषक सदस्य समितिले धर्ना प्रति एक्यबद्धता जनाएको समितिका प्रवक्ता धिरज त्रिपाठीले जानकारी दिनु भयो । उखु क्रसिङ्गको सिजन ७४र७५ र ७५र७६ सालको भुक्तानी रकम करिब १४ करोड बाकी रहेको बिरोधमा पटक( पटक ताला बन्दी गरिएपनि अहिले सम्म भुक्तानी नहुदाँ किसानहरुलाई समस्या भोग्न परेको छ। समयमा भुक्तानी नहुदाँ किसानहरु ऋण लिई घर खर्च चलाउन बाध्य भएका छन । उक्त सुगर मिलको मुख्य गेट नं १मा पटक(पटक ताला बन्दी गर्दा हाल करिब २० ओटा ताला झुन्डिएको अवस्था भएनि मात्र १४ करोडको भुत्तानी हुन सकेको छैन । उखुमा आधारीत हजारौ किसानहरु समयमै भुक्तानी नपाउदाँ समस्या भोग्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.