Jilla Ban Notis

बेलाटारीप्रहरी द्वारा ६६ हजारको चल्ला नष्ट

0 11

सहबान अन्सारी
प्रतापपुर,असार–९
नवलपरासीमा प्रहरी द्वारा ६६ हजार बराबरको कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। मंलवार बिहान सुस्ता गाउँपालिका वडा नं २ कुडियामा भारतबाट अबैध रुपमा ल्याउदै गरेको १३२० गोटा कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए । नियन्त्रणमा लिएको चल्ला पशु क्वाराईटाईन,स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी सिमानाकामा ब्यापक सुरक्षाकर्मी परिचालन भएपनि खुल्ला रुपमा दिनहुँ तस्करी भईरहेको स्थानिय बताउछन ।
जिल्लाको सबै सिमानाकामा मानिसहरुलाई आवत जावतमा पुर्ण रुपमा रोक लगाइएपनि तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरुको लागी चुनौती समेत बन्न पुगेको छ।

Leave A Reply

Your email address will not be published.