Sarawal Ga pa

बाल शिक्षामा अध्ययन गर्ने बिद्यार्थी बालबालिकालाई ब्याग लगायत शैक्षिक सामाग्री बितरण

0 61

सरस्वती मा बि का सरस्वती पुजाको अवसर पारेर बर्दघाट नगरपालिका वडा नम्बर १४ निवासी युवा ब्यवसायी शिशिर सागरले बिद्यार्थीहरुलाई स्कुल ब्याग,कापी कलम लगायतका शैक्षिक सामाग्री बितरण गरेका छन।

वडा नम्बर १४ मा रहेको सरस्वती माबि बालशिक्षामा अध्ययनरत ३५ जना बिद्यार्थी बालबालिका लाई आज एक कार्यक्रमका बिच उनले झोला र उक्त सामाग्री सहयोग गरेका हुन।कार्यक्रममा बोल्दै उनले आफू पनि बिगतमा सोही बिधालयमा अध्ययन गरेको हुनाले सानै भए पनि सहयोग गरेको बताए।

कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले सबैको सहयोग र सद्भावले बिद्यार्थी एवम् बिधालयलाई उर्जा प्राप्त हुने बताउदै यस्ता किसिमका सहयोगहरु अनुकरणीय रहेको बताउनु भयो।बिद्यार्थी बालबालिकालाई ब्याग लगायतका शैक्षिक सामाग्री बितरण

Leave A Reply

Your email address will not be published.