Jilla Ban Notis

बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ दिन्छौं : अध्यक्ष चाैधरी

0 35
उमेश बि.क
सरावल ,२५ असाेज
नवलपरासीको सरावल गाउँपालिकाका बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको छ।
सरावल गाउँपालिको कार्यपालिकाको बैठक तथा बिपद ब्यवस्थापन समितिको बैठकले अबिरल बर्षाका कारण वार्ड नं.५,६, र ७ बाढिडुबानमा परी हजारौं बिगहा धानबालि नष्ट भएकोले बाढि प्रभाबित कृषकहरुको राहत स्वरुप ७५ प्रतिशतमा गहुको बीउ अनुदान दिने निर्णय गरेको छ।  अनुदानमा गहुँको बीउ लिन चाहने कृषकले १ हप्ता भित्र निवेदन सहित नागरिकताकाे फाेटाेकपि तथा लालपुर्जाकाे फाेटाेकपिकाे साथ गाउँपालिकामा सम्पर्क गर्नकाे लागि प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले अनुराेध गर्नुभएको छ ।
व्यवसायिक कृषि खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न सरावल गाउँपालिकाले किसानहरुलाई विभिन्न सर–सामाग्री उपलब्ध गराउदै आएको छ । कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृष यन्त्र र मलखाद, बिउबिजनहरु उपलब्ध गराउदै आएको छ ।
गाउँपालिकाका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि गाउँपालिकाले किसानहरूलाइ व्यवसायिक खेती तर्फ प्रोत्साहित गर्दै आएको छ । किसानहरूलाइ माछा, कुखुरा, गाइभंैसी, खशीबाेका, तरकारी र व्यवसायिक खेती तर्फ अार्षित गर्न गाउँपालिकाकाे ध्यान रहेकाे छ ।
गाउँपालिकाकाले किसानहरुलाई खेती गर्न सहज होस भनि अनुदानमा बोरिङ्ग, पम्पिङ्गसेट, हातेट्रेक्टर, कृषि यन्त्र र विभिन्न उन्नत जातको बिउ बिजनहरु उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष चौरधीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, हामीले यहाँको कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायिक बनाउने तर्फ ध्यान दिएका छांंै साथै किसानहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न ५० देखि ७५ प्रतिशत अनुदानमा बिउबिजन, कृषि यन्त्रहरु समेत वितरण गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.