Jilla Ban Notis

बलात्कार तथा यौन दुव्र्यवहारको विरोधमा भुताहाका युवा युवतीद्धारा शान्तिपूर्ण प्रर्दशन

0 18

बर्दघाट,कार्तिक–३
रामु भुसाल,
देशमा भई रहेको अपराधिक गतिबिधि लगायत पछिल्लो समय दिनप्रतिदिन बढ्दै गइरहेको बलात्कार तथा यौन दुव्र्यवहारको विरोध र दोषीलाई कडा कारवाहीको माग गर्दै आइतबार बर्दघाट ९ भुताहाका युवा युवतीहरुको समुह द्वारा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । करिव ५० जना युवा युवतीहरुको समुहले सरकारको गम्भीर ध्यनाकर्षण गराउनको लागि हातमा बिभिन्न नारा लेखिएका प्ले काड लिएर सडक छेउमा प्रर्दशन गरेका थिए । कार्यक्रम को सुरुवात मा बलात्कार पछि हत्या भएका सम्पूर्ण पिडीत हरुको सम्झनामा एक मिनेट मौनधारण सहित क्तयउ च्बउभ लेखी मौन बत्ती जलाएर विरोध गरिएको कार्यक्रमको संमयोजन कर्ता प्रमिला पौडेलले जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागीले कालो कपडा तथा मास्क लगाएर विरोध जनाएका थिए । कोरोना कहरका बावजूद पनि दिन दिनै बलात्कार का घटना हरु घटिरहेको हुनाले सामाजिक दूरी कायम गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन शान्तीपुर्ण दवाव स्वरुप कार्यक्रमको आयोजना गरिएको उपस्थित सहभागी अम्बिका अधिकारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.