Sarawal sit lahar Notis

बर्दघाट– ५ पाल्डाँडामा खेलमैदानको संरक्षणका लागि कम्पाउन्डवाल लगाउनेकार्य शुरु ।

0 305

कृष्ण ढकाल
बर्दघाट,पुष–१३
बर्दघाट नगरपालिका वडा नंम्वर ५ पाल्डाँडामा रहेको खेलमैदानको संरक्षणका लागि कम्पाउन्डवाल लगाउनेकार्य शुरु भएकोे छ । आज बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले उक्त कम्पाउण्डवाल निमार्णकार्यको सिलन्यास गर्नु भएको छ ।

निमार्ण समितिका अध्यक्ष तथा बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाको अध्यक्षता र नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यता भएको वाल सिलन्यास कार्यक्रममा वडाध्यक्ष बिमला गुरुङ्ग लगाएत वर्तमान तथा निर्वतमान वडासदस्यहरु,स्थानिय विभिनन् संघ संस्थाका पदाधिकारी र समाज सेवीहरुको उपस्थिती रहेको थियो ।

बर्दघाट नगरपालिकावाट बिनियोजित २५ लाख रुपैयाको लागत स्टिमेटमा निमार्ण गर्न लागिएको उक्त निमार्ण कार्यलाई सम्पन्न् गर्न रकम अपुग भएमा नगरपालिकाले रकम थप गर्न पछि नपर्ने नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रतिबद्धता जाहेर गर्नु भएको छ । उहांले नगरपालिकाले ५ नं. वडालाई नगरको नमुना वडाका रुपमा विकास गर्ने योजना सहित नगरको उद्योग ग्राम स्थापना गर्ने देखि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र कञ्चनकुटी क्षेत्रको विकासका लागि र खेलमैदान लगाएतका क्षेत्रमा सक्दो काम गरेको बताउनु भएको थियो ।

त्यसैगरी शिलन्यास कार्यक्रमको समापन गर्दै निमार्ण समितिका अध्यक्ष दिपक थापाले युवाहरुका लागि मात्र नभै वडाको समग्र विकासका लागि आवश्यक पर्ने अन्य भौतिक पूर्वाभार विकाससंगै आयमुलक तथा सिपमुलक तालीमहरुको ब्यवस्था गर्न नगर प्रमुख समक्ष आग्रह गर्नु भएको थियो भने कार्यक्रमको संचालन खेम सापकोटाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.