Jilla Ban Notis

बर्दघाट–२ ,चिसापानीको सुपर र हाम्रो साकोस विच एकिकरण ।

0 15

कृष्ण ढकाल

बर्दघाट, जेठ –३१
बर्दघाट–२ चिसापानीका दुई संस्थाहरु एकिकरण भएका छन् । चिसापानीमा रहेको सुपर साकोस र हाम्रो वचत तथा ऋण सहकारी विच एकिकरण भएसंगै आज औपचारीक रुपमा दुबै संस्थाको नामवाट हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था लि. नामाकरण गरी घोषणा कार्यक्रम सम्पन्न् भएको छ । हाम्रो साकोसका अध्यक्ष विष्णु बरालको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा उक्त धोषणा कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले सहकारीको प्रर्बद्धन विना आर्थिक समृद्धि सम्भव नरहेको बताउनु भएको थियो । उहांले सहकारीहरु आर्थिक समृद्धिको माध्यम भएको बताउदै अब एकता गर्दै उत्पादनमा जोडेर सहकारी अघि बढ्नु पर्नेमा जोड दिनु भयो । त्यसै गरीसहकारी एकीकरणलाई तीब्रता दिनुपर्ने मा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारीले सहकारीहरुले एकीकरणमा जोड दिदै फर्जी सदस्यता हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैक बर्दघाट शाखा प्रबन्धक सविना पोखरेल ,बर्दघाट नगर सहकारी संजालका अध्यक्ष पुण्य प्रसाद पौडेल हाम्रो साकोसका संस्थापक अध्यक्ष हिमलाल ज्ञवाली ,सुपर साकोसका संस्थापक अध्यक्ष केशव न्यौपाने, एकीकरण कार्यदलका धनञ्जय पौडेल र मायादेवी पौडेलले बोल्नुभएको थियो ।
कार्यक्रममा सुपर साकोसका अध्यक्ष बिष्णु बहादुर बस्नेतले सहकारी एकीकरणको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले असार १ गतेबाट एकीकृत कारोवार गर्ने जनाएको छ ।
दुई संस्थाको एकिकरण पछि संस्थाको नाम हाम्रो सुपर वचत तथा ऋण सहकारुी संस्था राखिएको छ । अहिले संस्थाको एकीकृत पुंजी १६ करोड ९४ लाख ८९ हजार ७० रुपैया रहेको छ । एकीकृत संस्थाको अध्यक्षमा मायादेवी पौडेल उपाध्यक्षमा शिव प्रसाद पौडेल सचिवमा खेमराज सुवेदी र कोषाध्यक्षमा बिष्णु बराल र सदस्यहरुमा गणेश पन्थी , हरिबहादुर बुचा, आत्मराम भटटराई, माया परियार, रुक्मागत पाण्डेलगायत चयन हुनुभएको छ । कार्यक्रम खेमराज सुवेदीको संचालनमा भएको थियो । दुईसंस्थाको एकिकृत घोषणा कार्यक्रमको समापन संगै दुवैसंस्थावाट नयां चयन हुनुभएका संस्थाका पदाद्यिकारीहरुलाई जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारीले सपफग्रहण गराउनु भएको थियो ।https://www.youtube.com/watch?v=bo4QUKU6sG4&t=335s

Leave A Reply

Your email address will not be published.