Jilla Ban Notis

बर्दघाट–१५ का भुलबहादुर थापाको घर जलेर नस्ट ।

0 20

बर्दघाट,चैत –२८

मुक्ती तिवारी

बर्दघाट नगरपालिका वडा नम्बर १५ मा गएराति स्थानिय भुलबहादुर थापाको घरमा आगलागी हुदा घर पुर्णरुपमा जलेर नस्ट भएको छ । खरले छाएको घरमा करिब १२ बजे राती तिर अचानक आगलागी हुदा घरगोठ जलेर नस्ट भएको छ भने गोठमा बाधिएका चौपाया(४ वटा बाख्रा) मरेका छन् । घरमा रहेको खाद्यान्न,लत्ताकपडा समेत पुर्ण रुपमा जलेको स्थानियले बताएकाछन । आगलागीबाट थापाकी श्रीमती समेत सामान्य घाईते भएकी छन,भने करिब २ लाख ५७ हजार बराबरको को क्षति भएको वडा सदस्य मनकाजी परियारले जानकारी दिनु भएको छ । पिडितलाई तत्कालका लागि राहत स्वरुप संघिय सांसद देवेन्द्रराज कन्डेल,प्रदेश सांसद दिपेन्द्र अधिकारी,चन्द्रज्योती बाल तथा युवा क्लब स्थानिय ,नेता लालबहादुर गुरुङ,दामोदर जिसि, लगायतले खाधान्न तथा नगद सहयोग गर्नु भएको छ । पिडितको आर्थिक अवस्था नाजुक रहेकाले सबैलाई सक्दो सहयोगका लागि समेत अपिल गरिएको वडा सदस्य मनकाजी परियारले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.