Jilla Ban Notis

बर्दघाट १४ मा टोलबिकास सस्था दर्ता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 24
बर्दघाट, माघ १६
मुक्ती तिवारी
बर्दघाट नगरपाकिका वडा नम्बर १४ मा नवगठित टोलबिकास समितीहरुलाई एक कार्यक्रमका बिच  सस्था दर्ता प्रमाण पत्र प्रदान गरिएको छ।  वडाध्यक्ष केसब बहादुर खत्री क्षेत्रीको अध्यक्षता तथा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी धिरज शर्मा बस्यालले वडाको समग्र बिकासमा टोल बिकास समितीहरुको भुमिका महत्वपूर्ण रहने बताउनु भयो।समृद्द समाज निर्माणका लागि मानिसको चेतना र बिचारमा पनि समृद्धि आउनु पर्ने धारणा ब्यक्त गर्दै उहाले एक्यवद्धता,एकरुपताले नै समृद्द नेपाली र सुखी नेपाली को परिकल्पना गर्न सकिने बताउनु भयो। समाजको बिकृती,बिसङगती र हरेक बिकास निर्माणमा टोल बिकास समितिहरुलाई जागरुक  र थप जिम्मेवार बनाउदै प्रत्येक टोलमा जनसहभागिता रहेने गरि सबै लाई अग्रसर बनाउदै  विभिन्न बिकासका गतिविधिहरु अगाडी बढाईने उहाले बताउनु भयो।नगर प्रमुख शर्माले टोल बिकास समितिहरुको सकृयता मा समाज मा हुने लागू औसध दुर्ब्यसनी,कुलत,फोहोरमैला ब्यवस्थापन,बालबालिका,सिक्षा,स्वास्थ्य,बाटो घाटो निर्माण जस्ता सम्पुर्ण गतिबिधी हरुमा टोल बिकास समितीहरु को भुमिका अहम रहने  बताउदै जिम्मेवारी पुर्ण तवरबाट अघि बड्न समेत आग्रह गर्नु भयो।उहाले उज्यालो नगर कार्यक्रम अन्तर्गत सबै टोलबिकास समितिहरु सग समन्वय गरि स्वचालित बत्तीहरु जडान गर्ने योजना मा आफुहरु लागिपरेको समेत जानकारी दिनु भयो।
          सोही अवसरमा बोल्दै शुक्रबस्ती टोल बिकास समितिका अध्यक्ष राधाकृष्ण अधिकारिले नगरपालिकाको प्राविधिक शाखा बाट उपभोक्ता समिती र टोल बिकास समितिलाई अत्यन्तै दुख दिने कार्य भएको बताउनु भयो।जनसहभागिता मा उल्लेख गरिएको रकम घटबढ गरि मनमर्जी तवरबाट प्राविधिक९ओभरसियरहरु० ले रकमान्तरण गरिदिने गरेको समेत आरोप लगाउनु भयो।बिकास निर्माणका हरेक गतिबिधी हरुमा विभिन्न बहानामा दुख दिने र प्राविधिकहरु गुणस्तरीयतामा भन्दा आर्थिक लाभ मा तल्लिन हुने समेत उहाको आरोप रहेको थियो।पटक पटक प्राविधिकहरुलाई फिल्ड मा आउन अनुरोध गरेपनी अटेर गर्ने गरेको समेत उहाले बताउनु भयो।अधिकारिले बोलिरहदा उपस्थित अन्य टोलबिकास समितिका अध्यक्षहरु लगायत उपस्तिथि अन्यले समेत तालिको गर्जाहटले समर्थन गरेका थिए।
            साविकमा  ५ वटा टोल बिकास समिती रहेको बर्दघाट वडा नम्बर १४ मा हाल आवश्यकता अनुरुप १४ ओटा टोल बिकास समितिहरु गठन  गरिएको छ। सोही अवसर मा बोल्दै बर्दघाट नगरपालिका वडा नम्बर १४ का अध्यक्ष केसब खत्रीले सबै टोल को बिकास होस भन्ने अभिप्रायले बिकेदृकरन्णको नीति अगाल्दै १४ वटा टोल बिकास समिती गठन गरिएको बताउनु भयो।नवगठित टोल बिकास समितिहरुको वडा सग अत्यन्तै समन्वयकारी भुमिका रहने मा आफू बिस्वस्त रहेको उहाले बताउनु भयो।कति पय अवस्थामा समन्वयकारी भुमिका नहुदा पनि कार्य सम्पादनमा असहजता भएको बताउदै अध्यक्ष खत्रीले वडाको समग्र दिगो बिकासका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो।कार्यक्रम मा विभिन्न टोल बिकास समितिका अध्यक्षहरुले मन्तव्य ब्यक्त गरेका थिए।
कार्यक्रममा बर्दघाट नगरपालिका योजना शाखामा कार्यरत कर्मचारी कृष्ण बहादुर थापा क्षेत्रीले टोल बिकास समितिहरुको काम कर्तव्य र क्षेत्राधिकार माथी प्रकास पार्नु भएको थियो।
वडा सदस्य मन्जु श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन वडा सचिव टङ्कनाथ भन्डारिले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.