Jilla Ban Notis

बर्दघाट १४ धर्मबस्तीमा माघेसङ्क्रान्ती दोस्रो मगर सास्कृतिक महोत्सव सम्पन्न ।

0 35

मुक्ती तिवारी

बर्दघाट,माघ १८

बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मबस्तीमा आयोजित माघेसङ्क्रान्ती दोस्रो मगर सास्कृतिक महोत्सवको शनिबार  समापन गरिएको छ। कार्यक्रम महोत्सव मुल आयोजक समितिका अध्यक्ष रितमान कामुको अध्यक्षता तथा सम्बिधान सभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिक्रम खनालले नेपाल बहुजाती बहुभाषि,बहु साकृतिक मुलुक भएता पनि सबै भासा धर्म र समुदायको आपसी सद्भाव र सहिष्णुता नै यहाको प्रमुख विशेषता रहेको बताउनु भयो।आफू सम्बिधान सभा सदस्यको रुपमा रहेकाले सम्बिधानले प्रदत्त गरेका सबै जातजाती र समुदायका पहिचान र सबै समुदायका विशेषता र अधिकार हरुलाई अहिलेको सरकार ससम्मान कार्यान्वयन तर्फ अधि बढ्नु पर्नेमा जोड दिनु भयो।सबै समुदायको पहिचान,आपसी सद्भाव कायम गर्नका निम्नि राज्य गम्भिर भएर लाग्नु पर्ने बताउदै आफू यसकालागी जनता र सबै समुदायको सदैव साथमा रहेको बताउनु भयो।फरक मूल्य र मान्यता बोकि आयोजना हुने यस्ता मेला महोत्सव ले सास्कृतिक पहिचान सहितको समाज रुपान्तरणमा अहम भुमिका खेल्ने धारणा ब्यक्त गर्दै यसले लोकतन्त्रलाई समेत मजबुत बाउने बताउनु भयो।बिबिधता भित्र पनि एकताको संदेश बोकि धार्मिक सामाजिक र सास्कृतिक सहिष्णुता बोक्ने विश्व भरिको एक मात्र उत्कृष्ट मुलुक नेपाल मात्रै रहेको बताउदै नेता खनालने राज्यले सबै जातजातिलाई समान अधिकार प्रत्याभुती गराउदै सम्बिधान को मुल मर्मलाई जनताले प्रत्यक्ष रुपमा अभास गर्ने बाताबरण तयार पार्नु राज्यको दायित्व रहेको धारणा ब्यक्त गर्नु भयो।नेता खनालले आफू चुनाब जित्दा वा पराजय हुदा सदैव उतिकै उर्जाका साथ जनसेवामा तल्लिन भएर अघि बढेको बताउनु भयो।

त्यसै गरि कार्यक्रममा बोल्दै महोत्सव संयोजक रितमान कामुले महोत्सवले सबै लाई आपसी सद्भाव कायम राखी अघि बढ्न सकारात्मक संदेश प्रवाह गरेको बिस्वास ब्यक्त गर्नुभयो।महोत्सव सफल पार्न अहोरात्र खटिने आयोजक समिती सहयोगी दाता सन्चारकर्मी लगायत सबै को अबिरल साथ र समर्थन का लागि आफू आभारी रहेको बताउदै आगामी दिनमा पनि यस्तै किसिमको उर्जाशिल भुमिका सबैले निर्वाह गर्नेमा आफू बिस्वस्त रहेको बताउनु भयो।मौकिलकता र परम्परा जोगाउन कुनै धर्म र जाती वा सस्कृती विशेष मात्रै नभएर सबै ले सबैलाई सम्मान गर्दै सस्कृती संरक्षण र सम्बर्द्धन मा लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो।  मगर समुदाय लगायत विभिन्न समुदायका धार्मिक,एतिहासिक सास्कृतीक पहिचान ,कला सस्कृतिको जगेर्ना उदेश्यले तीन दिन सम्म आयोजना गरिएको महोत्सव सफल भएको महोत्सव निर्देशक सन्तु गाहाले बताउनु भयो। सबै समुदायका सास्कृतिक पहिचानलाई अपन्त्व गर्दै सामाजिक,धार्मिक सहिष्णुतालाई आत्मसाथ गर्दै आगामी दिनहरुमा पनि अघि बढ्ने उहाले बताउनु भयो।यस क्षेत्रको समग्र चिनारिलाई रास्टृय र अन्तरास्ट्रिय स्तरमा फैलाउने लक्ष्य अनुरुप लागिपरेकाले यसमा सबैको साथ र सहयोग रहनु पर्नेमा उनले जोड दिनु भएको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिस्वप्रेम पाठक,नेकपा जिल्ला सदस्य रामु गिरि,नेपाली काङ्ग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठ,नेकपा नगर सभापति ईन्द्र राना,नेपाली काङ्ग्रेस नगर सह संयोजक दामोदर जिसि लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो। महोत्सवमा विभिन्न समुदायका कलाकौशल,एतिहासिक पुरातात्त्विक सामाग्रीहतरुको प्रदर्शनी,विभिन्न जातजातिका मौलिक नृत्य,गायन प्रस्तुतिहरु भजन,चुड्का,सोरठि,थारु समुदायको झमटा नृत्यहरुको समेत प्रस्तुति रहेको थियो।भने मगर चलचित्रका नायक एवम गायक केबि राना,रुपि सिन्जाली,दिपक गरौजा लगायतको आकर्षक प्रस्तुती रहेको थियो। यसै गरि महोत्सवको मुख्य आकर्षणको रुपमा मगर समुदायका मौलिक आकृतिका घरहरु,खानाका परिकारहरु,मगर समुदायका पुर्खाहरुले प्रयोग गर्ने भाडाकुडा,रास्टृय तथा स्थानिय कलाकारुको बेजोड प्रस्तुती रहेको थियो। यस क्षेत्रलाई नै सभ्य चेतनशिल र सास्कृतिक पहिचान सहितको क्षेत्र को रुपमा परिचित गराउदै भाबी पुस्तालाई समेत आफ्ना धार्मीक,सास्कृतिक र सामाजिक पहिचान र मूल्य मान्यताहरुको संरक्षण र प्रवर्दन गर्न उत्प्रेरित गर्न आफुहरुले अथक प्रयास गर्दै आगामी बर्षहरुमा अझ बढी समुदाय हरुलाई समेट्दै सुधारोन्मुख तवरबाट अगि बढिने आयोजक मन्डलले बताएको छ।

समापन कार्यक्रममा महोत्सव सफल पार्ने सहयोगी दाता,शुभचिन्तक,विभिन्न जातजाती का अगुवा,स्थानिय समाजसेवि,सन्चारकर्मी,कलाकार लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी,मगर समुदायका अगुवाहरु,विभिन्न संघ सस्थाका प्रतिनिधीहरु र स्थानियहरुको उल्लेखनीय सहभागीता रहेको थियो। माघ १ गतेदेखि सन्चालन गरिएको महोत्सव ३ गतेको समापन कार्यक्रम प्रतिकुल मौसमका कारण स्थगित भई माघ १८ गते समापन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.