Jilla Ban Notis

बर्दघाट वडा नम्वर १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

केहि महिनामै चिसापानी अस्पताल आफ्नै भवनमा ः नगरप्रमुख बस्याल

0 15

कृष्ण ढकाल
बर्दघाट,चैत्र–३
सरकारी अस्पताल भएरपनि भाँडामा रहेको बर्दघाटको चिसापानी अस्पतालले अब केहि महिना पछि अस्पतालको आफ्नै भवनवाट सेवा प्रदान गर्ने बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । आज बर्दघाट नगरपालिका वडा नम्वर १० ले आयोजना गरेको पूर्ण संस्थागत सुत्केरी वडा घोषणा तथा आधारभुत स्वास्थ्य केन्द्रको वडा नं. १० को भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दे नगर प्रमुख बस्यालले सो कुरा बताउनु भएको हो ।
उहांले नेपालका ७७ जिल्लाहरुमा रहेका सबै सरकारी अस्पतालहरु मध्ये बर्दघाटको चिसापानीे अस्पताल मात्र भाँडामा रहेर सेवा दिने गरेको जानकारी गराउदै अब छिट्टै अस्पतालको आफ्नै भवनवाट सेवा प्रदान गर्ने तयारीमा लागेको बताउनु भयो । कोभीड–१९को महामारीका बेला आईस्वोलेसन वार्डका रुपमा निमार्ण गरीएका दुई भवनहरु तयारी अवस्थामा रहेकोले त्यसलाई अब अस्पतालको रुपमा संचालन गर्ने गरी नगरपालिकाले तयारी गरेको नगर प्रमुख बस्यालले बताउनु भएको छ । नगरका महिला तथा बालवालिकाहरुको स्वास्थ्यको क्षेत्रमा काम गरीरहदा यो नगरको बालमैत्री तथा महिला मैत्री नगर घाोषणाका सुचाङ्क पुरा हुने समेत बताउनु भएको थियो ।


बर्दघाट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष राजु मिश्रको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त पूर्ण संस्थागत सुत्केरी वडा घोषणा तथा आधारभुत स्वास्थ्य केन्द्रको वडा नं. १० को भवन समुद्घाटन समारोहमा नगर उप प्रमुख माया देवि पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई,वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्य,वडा नम्बर ६ का वडाध्यक्ष रोहित थारु,वडा नम्बर ११ का वडाध्यक्ष तिर्थराज फौजदार ,बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यय ,जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्य प्रमुख कृष्ण पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा वडा नं. १०को ले आफ्नो वडाका ३ जना स्वास्थ्य स्वयमसेवीकाहरुलाई साईकल प्रदान समेत गरेको थियो ।

बर्दघाट नगरले योसंगै नगरका १२ वडा वडाहरुलाई पूर्ण सुत्केरी वडा घोषण गरीसेको छ । पंचनगर स्वास्थ्य चौकीवाट महिला स्वास्थ्य स्वयम सेविकाहरु परिचालन गरेर मंसिर ७ गते वडाका सबै घरधुरीहरुमा सर्भेक्षण गरी सर्बेक्षणको नतीजा अनुसार वडा नम्वर १० लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम तयरीएको पंचनगर स्वास्थ्य चौकीका ईन्चार्ज बाबुराम तिमिलसिनाले कार्यक्रममा प्रस्तुत गरीएको प्रतिवेदनमा उल्ल्ेख गरीएको छ । सो तथ्यांक अनुसार वडा नम्वर १० मा १ हजार २ सय ७५ घर धुरी ४ हजार १८ जनसंख्या रहेको छ। जस्मा प्रजनन उमेर समुहका महिलाहरुको संख्या ९ सय ६७ जना रहेका छन भने अहिले अनुमानीत सुत्केरी हुने महिलाहरु ८५ जान रहेको उल्लेख गरीएको छ । आ.ब.०७६/०७७ को सुत्केरी विवरण अनुसार संस्थागत सुत्केरी गराउनेको संख्या ७२ जना रहेको छ भने १ जना घरमा नै सुत्केरी भएको तथ्याक रहेको छ ।

बर्दघाट नगरपालिका वडा नम्वर १० को आयोजना र पंचनगर स्वास्थ्य चौकीको समन्वयमा भएको उक्त कार्यक्रमको संचालन पंचनगर स्वास्थ्य चौकीका सरद जी.सीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.