Jilla Ban Notis

बर्दघाट वडा नं १५ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा ।

0 28

रवि पाण्डे
बर्दघाट,पुष –२९
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १५ लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नगरलाई पुर्ण संस्थागत सुत्केरी नगरका रुपमा परिचित बनाउन अभियान संचालन गरिएको बताउनुभयो । उहाँले गत बर्ष वडा नम्बर १४ लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उल्लेख गर्दै यो अभियानलाई तीब्रता दिने जानकारी दिनुभयो ।
उहाँले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै वडामा स्वास्थ्य चौकी निर्माण अभियान तीब्र गतिमा संचालन भइरहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख मायादेवी पौडेलले अब गाउ गाउबाट स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो । अब प्रसब बेदना लिएर टाढा जानुपर्ने अवस्था अन्त्य भएको उपप्रमुख पौडेलको भनाई थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या वडा नम्बर १२ का वडाध्यक्ष मानबहादुर मल्ल, कार्यपालिका सदस्य ईशा सुनार, जिलला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेल ,पत्रकार रवि पाण्डेय, मनकाजी परियार लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम बर्दघाट १५ का वडाध्यक्ष बलबहादुर बलालको अध्यक्षता हेल्थ असिस्टेन्ट सुदीपा शर्माको संचालनमा भएको थियो ।

आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

नगरका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्न लागि परेको बर्दघाट नगरले वडा नम्बर १५ मा बुधवार आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार सबै वडामा स्वास्थ्य पहुँच बृद्धि गर्न नगरले स्वास्थ्य संस्थाहरुको स्थापनामा जोड दिएका हो ।
सो क्रममा वडा १ मा भवन निर्माण कार्य भइरहेको छ । यसबर्ष सबै वडामा स्वास्थ्य संस्था संचालन गर्ने योजना रहेको उहाँको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.