Jilla Ban Notis

बर्दघाट वडा नं. ११ मा हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालीम सम्पन्न् ।

0 29

कृष्ण ढकाल
बर्दघाट,माघ–१४
युवाहरुलाई सिप प्रदान गर्न सके उनीहरुले समाज परिर्वतन गर्ने सक्ने क्षमता युवाहरुमा हुने बर्दघाट नगरपालिकाकी नगर उप प्रमुख माया देवि पौडेलले बताउनु भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोग र नेपाल वायरिङ्ग मज्दुर सेवा संस्था परासीको ब्यवस्थापनमा संचालीत युवाहरुका लागि हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालीम समापन कार्यक्रममा बोल्दै उप प्रमुख पौडेलले उक्त कुरा बताउनु भएको हो ।

उप प्रमुख पौडेलले युवाहरुलाई स्वरोजगार र आत्म निर्भर बनाउने उद्धेश्यले बर्दघाट नगरपालिकाले युवाहरु लक्षीत विभिन्न प्रकारका सिप युक्त तालीमहरु संचालन गरेको बताउनु भएको थियो । उहांले तालीम लिएरमात्र नहुने भन्दै तालीमलाई ब्इवहारमा ल्यउनका लागि आग्रह गर्नु भएको थियो ।
नेपाल वायरिङ्ग मज्दुर सेवा संस्था परासीका अध्यक्ष बिन्देश हरिजनको अध्यक्ष्ँता र बर्दघाट नगरपालिकाकी नगर उप प्रमुख माया देवि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष तिर्थराज फौजदार विषेश अतिथिका रुपमा रहनु भएको थियो ।

वडा नम्वर ११ का वडा सचिव लिल बहादुर चौधरीको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा कार्यपालिका सदस्य वेचन ठाकुर,वडासदस्यहरु ललीता देवि थारु,आशाराम थारु,लक्ष्मी परियार र यमकला भण्डारी लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन भगवानदास हरिजनले गर्नु भएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोग संचालीत ४५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालीममा वडाका २० जना युवाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.