Jilla Ban Notis

बर्दघाट बजार विकास समितिको निर्वाचनमा तारागौतम प्यानल विजयी ।

0 29

कृष्ण ढकाल
बर्दघाट,बैशाख १
२०७७ सालको अन्तीम दिन अर्थात हिजो भएको बर्दघाट बजार विकास समितिको निर्वाचनमा तारा गौतमले नेतृत्व गरेको सम्पूर्ण प्यानल विजयी भएको छ । नेकपा एमाले निकट ब्यबसायीहरुको नेतृत्वगर्दे तारा गौतम प्यानल बर्दघाट बजार विकास समितिको निर्वाचनमा होमिएको थियो ।

निर्वाचनका क्रममा बर्दघाट नगरमा क्रियाशिल राजनीतिक दलहरु सबै एकातिर र नेकपा (एमाले) एक्लै एकातिर भएर होमिदा समेत अध्यक्ष तारा गौतम सहित सिंगो प्यानल विजयी भएको हो ।

हिजो भएको समितिको निर्वाचनमा नेकपा एमाले निकट ब्यबसायीहरुको नेतृत्व गरेका अध्यक्षका उमेदवार तारा गौतमले ४ सय १९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्द्धि अर्थात नेकपा एमाले बाहेका अन्य दल निकट ब्यबसायीहरुको संयुक्त प्यानलका अध्यक्ष पदका उमेदवार प्रकाश कुमार सुनारले ४ सय ७ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी उपाध्यक्षमा तारा गौतम प्यालनका खेमराज सापकोटाले ४ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धि गंगा पाण्डेले ३ सय ७४ मत प्राप्त गर्नुभएको छ।

सचिव पदमा गोकर्ण शर्मा ४ सय २१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम रमेश श्रेष्ठले ३ सय ८६ मत प्राप्त गर्नुभएको छ भने सह–सचिवमा राधा कुमारी बस्याल गैरेले ४ सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम केशमाया गुरुङले ३ सय ७८ मत प्राप्त गर्नुभएको छ।

कोषाध्यक्ष पदमा ईन्द्र बहादुर विकले ४ सय २२ मत प्राप्त गर्नु भएको छ भने उहांका प्रतिद्धन्द्धि लिलाहरी पौडेल(राजु)ले ३ सय ८० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सोभा सुवेदीले ४ सय ३४ मत ल्याउनु भएको छभने गोविन्द पाध्या आचार्य ४ सय २३ मत, हेमकुमार शर्मा ४ सय ८ मत, ज्ञानु पुनले ४ सय २८ मत , रोशनी वर्मा पाण्डे ले ४ सय २२ मत, दिपक न्यौपानेले ४ सय३७ मत, नारायण बहादुर दामाई ४ सय ७ मत र भुमिराज कंडेल (राजेश) ले ४ सय ३४ मत ल्याएर विजयी हुनुभएको छ ।


३ हजार ३ जना सदस्यहरु रहेको बर्दघाट बजार विकास समितिमा ९ सय ८७ जना सदस्यहरुले मात्र आफ्नो सदस्यता नविकरण गरेका कारणले निर्वाचनमा ९ सय ८७ जनालेमात्र भागलिन पाउनेगरी निवार्चन समितिले निर्वाचन गराएको थियो ।

Leave A Reply

Your email address will not be published.