Sarawal sit lahar Notis

बर्दघाट प्रेस क्लबले स्थापना दिवस मनायो

0 44

कृष्ण ढकाल
बर्दघाट,माघ १२
बर्दघाट प्रेस क्लबले ‘बर्दघाट नगरको शिक्षा र सञ्चारको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्षता र सचिव प्रकाश न्यौपानेको संचालन रहेको अन्तरक्रिया कार्यक्रम बर्दघाट उद्योग वाणिज्य संघको सभाहलमा आज (शुक्रबार) सम्पन्न गरिएको हो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल, सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ, शिक्षा शाखा प्रमुख लोकराज पन्थी, सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु, क्याम्पस प्रमुख, संस्थागत विद्यालयका छाता संगठनका प्रतिनिधि शिक्षकका विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले बर्दघाट प्रेस क्लबलाई समाजमा सकरात्मक शन्देश जाने खालका विश्लेषणात्मक समाचारहरु सम्प्रेषण गर्न सुझाव दिएका दिए ।
त्यसै गरी राजमार्ग केन्द्रीत रहेर भन्दा पनि ग्रामिण तह सम्म पुगेर पत्रकारिताको माध्यमबाट जनजिविकाका सवालहरु उजागर गर्न आग्रह गरेका थिए । सहभागीहरुले संस्थागत र सामुदायिक विद्यालयहरुसँग सहकार्य गरी शैक्षिक गतिविधिहरुलाई दैनिक रुपमा उठान गर्न सुझाव दिएका थिए ।
पछिल्लो समय बर्दघाट क्षेत्रमा पत्रकारीतामा नयाँ पुस्ता नदेखिएको भन्दै त्यस तर्फ केन्द्रीत हुन प्रेस क्लबलाई सुझाव दिनुका साथै नगरका क्याम्पसहरुसँग सहकार्य गरेर अघि बढेमा सहकार्य गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख श्रेष्ठले उत्कृष्ठ बिद्यार्थीहरुलाई सम्मान गर्ने बताउदै नगरका सामुदायिक र संस्थागत विद्यालयलाई एकरुपतामा लैजाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी अगामि दिनमा शिक्षा क्षेत्रमा वजेट बढाउदै प्रविधि मैत्री बनाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.