Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले सपथ ग्रहण गरे

0 71

कृष्ण ढकाल

बर्दघाट, मंसिर – ७
बर्दघाट प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुलाई आज नगर प्रमुख शम्भुलाल श्रेष्ठले सपथ ग्रहण गराउनुभएको छ । मंगलबार मनोनयन पत्र बुझेका पदाधिकारीहरुलाई आज सपथ ग्रहण गराइएको हो ।
सपथ ग्रहण लगत्तै बसेको प्रतिष्ठानको पहिलो वैठकले ४ वटा विभागहरु गठन गर्ने निर्णय गरको छ । जसमा भाषा, साहित्य विभाग, कला विभाग, संस्कृति विभाग र संगित विभाग गठन गर्ने निर्णय गरको छ । त्यसैगरी आगामी एक महिना भित्र प्रज्ञासभा आयोजना गर्ने निर्णय समेत गरको छ ।
प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र प्रतिष्ठानका प्रमुख संरक्षक रहनुभएका नगर प्रमुख श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको उक्त वैठकमा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरको भाषा साहित्य र कलाको श्रीवृद्धिमा प्रतिष्ठानको स्थापनाले एउटा कोषेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी नगर उप–प्रमुख तथा प्रतिष्ठानका संरक्षक रुद्र प्रकाश उपाध्यायले बर्दघाट प्रज्ञा प्रतिष्ठान स्थापना भएस“गै नगरमा रहेका बौद्धिक विचलनहरु एकिकृत हुने र नगरको समग्र विकासमा सहयोग पुग्ने बताउनु भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा बर्दघाट नगरका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, शिक्षा तथा खेलकुद शाखा अधिकृत गोविन्द शर्मालगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.