Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानको दोस्रो प्रज्ञा सभा सम्पन्न ।

0 125

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१०
बर्दघाट प्रज्ञा प्रतिष्ठानको दोस्रो प्रज्ञा सभा आज सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपने परिश्रमीको अध्यक्षता, बर्दघाट नगर प्रमुख तथा प्रतिष्ठानका प्रमुख संरक्षक शम्ुलाल श्रेष्ठ र उप प्रमुख तथा प्रतिष्ठानका संरक्षक रुद्रप्रकाश उपाध्यायको उपस्थितीमा प्रज्ञा सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै प्रमुख संरक्षक शम्ुलाल श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठान स्थापनासंगै नगरको भाषा,साहित्य ,संगित र कलाको क्षेत्रमा उल्लेखनीय कार्यको सुरुवात भएको बताउनु भएको थियो । उहांले मानिसको बौद्धिक विकासमा प्रभाव पार्ने क्षेत्र भनेकै प्राज्ञीकक्षेत्र रहेकाले यस्लाई अझ प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी प्रतिष्ठानका संरक्षक रुद्रप्रकाश उपाध्यायले प्रज्ञाका कार्यक्रमहरुमा प्रज्ञा सभा सदस्यको उपस्थिती सधैं नै कमीहुने गरेकाले संख्या बढी रहेकोभए सदस्य संख्या घटाउन सिफारीस गर्न समेत आग्रह गर्नु भएको थियो ।

सभामा सदस्य सचिव रामविलास पौडेलले आगामि आ.ब. २०८०÷०८१ को लागि २६ लाख ५० हजार रुपैया बरावरको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा प्रस्तुत बजेट माथि सभाका सदस्यहरुले आ–आफ्नो राय सुझाबहरु राख्नु भएको थियो भने सभामा उठेका प्रश्नहरुको जवाफ कुलपति परिश्रमीले दिनु भएको थियो । कुलपति न्यौपानेले प्रतिष्ठानको मुखपत्रमा लेख तथा रचनाहरु उपलब्ध गरान र अनुसन्धानका कार्यमा लाग्ने ब्यक्तिले प्रस्ताव पेश गर्नका लागि समेत आग्रह गर्नु भएको थियो ।

त्यसैगरी उपकुलपति टिकाबहादुर पहारीले कलाको क्षेत्रमा भवन अभाव र रकम कम भएकै कारण केहि गर्न नसकिएको जनाउदै आफुहरु प्रज्ञाको भवन निर्माणका लागि दोडधुपमा लागेको बताउनु भएको थियो । उहांले प्रज्ञाका लागि बनाउने भवन बर्दघाट नगरको एउटा गौरवको योजना रहने र त्यसमा नगरका धरै कार्यक्रमहरु गर्न सकिने उहाँले बताउनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य दिप प्रकाश लोहनीको स्वागत मन्तब्यवाट शुरु भएको प्रज्ञासभाको सदस्य सचिव रामविलास पौडेलले संचालन गर्नु भएको थियो भने कार्यक्रममा धन्यवाद ज्ञापन हुमनाथ आचार्यले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.