Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो मासिक घृम्ती शृङ्खला सम्पन्न ।

0 80

कृष्ण ढकाल
बर्दघाट,बैशाख– २९

बर्दघाट प्रज्ञा प्रतिष्ठानको भाषा साहित्य विभागको मासिक साहित्यिक,साङ्गीतिक तथा साँस्कृतिक घुम्ती कार्यक्रमको चौथो शृङ्खला सम्पन्न भएको छ । भाषा साहित्य विभागका संयोजक हुमनाथ आचार्यको अध्यक्षता र कुलपति डा. धनश्याम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरको वडा नम्वर १२ र १३ लगाएतका अन्य क्षेत्रका ब्यक्तिहरुले समेत आ–आफ्नो रचना वाचन,गायन तथा नृत्य पस्तुत् गर्नु भएको थियो ।

कार्यक्रममा स्थानिय कलासंस्कृति झल्किनेगरी वडा नं. १२ बड्की भटौलीको भजनटोली र वडा नं. १३ को पनहीका टोलीले थारु संस्कृतिको सामुहिक गायन प्रस्तुत गर्नु भएको थियो । भने सोही कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको युवा परिषद नेपालद्धारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण समेत गरीएको थियो ।शैक्षिक सामाग्री वितरण कार्यक्रमको स्थानिय ब्यवस्थापन श्रीकृष्ण प्रणामि सेवा समिती नेपालका केन्द्रिय सदस्य मुरलीकृष्ण खनालले गर्नु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य कुस्माकर ढकालको सञ्चालन र दिपप्रकाश लोहनीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमा बोल्दै प्रमुख अतिथि कुपलपति डा. घनश्याम न्यौपाने परिश्रमीले प्रज्ञाले शुरुगरेको घुम्ती कार्यक्रम पछिल्लो समय निक्कै प्रभावकारी हुदैगएको बताउनु भएको थियो। नगर भित्रका नयाँ तथा पुराना स्रस्टाहरुको खोजी गर्ने अभियानले यसप्रकारको घुम्ती कार्यक्रम सञ्चालन गष्रीएको कुलपति न्यौपानेले बताउनु भएको थियो । त्यसैगरी उहाँले कार्यक्रममा प्रस्तुत भएका सबै रचनाहरु निक्कै गुणस्तर रहेको बताउदै बिद्यार्थीहरुका रचनाहरु सुनेपछि उनीहरुले आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने मौका र स्थान नपाएको महशुस गरेको बताउनु भएको थियो ।

त्यसैगरी उपकुलपति टिका पहारीले पुराना तथा नयाँ प्रतिभाहरुको प्रस्तुति देख्दा आफुले सोंचेभन्दा बढी प्रतिभाहरु आफ्नो क्षेत्रमा रहेको कार्यक्रममले महशुस गराएको धारण राख्नु भएको थियो । उहांले आगामिदिनमा प्रज्ञा प्रतिष्ठानले अझबढी प्रभावकारी बनाएर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको युवा परिषद नेपालका निर्वतमान अध्यक्ष तथा काठमाण्डौं महानगरपालिकामा कार्यरत उप–सचिव नमराज ढकालले बर्दघाट नगरमा स्थापित प्रज्ञा प्रतिष्ठानले नगरलाईनै साहित्य तथा कलामय बनाएको देख्दा आफु निक्कै प्रभावित भएको बताउनुभएको थियो ।

बर्दघाट–१२ जहदा रहेको नित्यानन्द रत्नकुमारी मा.बि.का भएको कार्यक्रममा बर्दघाट वडा नं. १२का वडाध्यक्ष उमाशंकर चौधरी,१३ का वडाध्यक्ष नरबहादुर चौधरी लगाएत स्थानिय जनप्रतिनिधि,बिभिन्न सामाजिक संघ सस्थाका प्रमुख तथा सामाजिक ब्यीक्तत्वहरु ,स्थानियवासीहरु र विधालयका शिक्षक,कर्मचारी,बिधार्थी लगाएतको सहभाथिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.