Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानको दोस्रो मासिक घुम्ती कार्यक्रम सम्पन्न् ।

0 111

कृष्ण ढकाल
बर्दघाट,फागुन–२७
बर्दघाट प्रज्ञा प्रतिष्ठानको दोस्रो मासिक घुम्ती कार्यक्रम आज दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापनीमा सम्पन्न् भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठान अन्तर्गतको भाषा, तथा साहित्य विभागद्धारा आयोजित साहित्यिक, सांगितिक तथा साँस्कृतिक घुम्ति कार्यक्रम भाषा साहित्य विभाग संयोजक हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने परिश्रमीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको हो ।

कार्यक्रममा बिभिन्न विद्याका साहित्यकारहरुले आ–आफ्नो रचना वाचन गर्नु भएको थियो भने कतिपयले गायन प्रतिभाको पनि प्रस्तुती गर्नु भएको थियो । बर्दघाट नगरभित्र रहेका नवप्रतिभाहरुको खोजी गर्ने र हरेक वडाहरु साहित्य, सांगित तथा सँस्कृतिका बारेमा जानकारी गराउने र नवप्रतिभाहरुका लागि स्थान दिने अभिप्रायले मासिक घुम्ती कार्यक्रम शुरु गरीएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने परिश्रमीले घुम्ती कार्यक्रम प्रभावकारी हुदै जानेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । उहांले कार्यक्रममा वाचन भएका रचनाहरु गुणस्तरीय रहेको बताउदै साहित्य समाजको ऐना हुनुका साथै समाज रुपान्तरणको साधन पनि रहेको बताउनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा प्रज्ञा प्रतिष्ठानका भाषा तथा साहित्य विभागका संयोजक हुमनाथ आचार्यले अब कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रशिक्षणका कार्यक्रमहरु समेत राख्दै जाने जानकारी गराउनु भएको थियो । उहांले आगामी श्रृखला अर्थात तेस्रो मासिक घुम्ती कार्यक्रम आगामि चैत्र २५ गते बर्दघाट–९ भुताहामा रहेको राजा माहात्मा पूर्णभद्र नमुना माबि पञ्चनगरमा हुने समेत जानकारी गराउनु भएको थियो ।

प्राज्ञ परिषद सभासदस्य एकदेव तिमिलसिनाको स्वागत र शेषकान्त पौडेलको संचालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.