Jilla Ban Notis

बर्दघाट नगर एम्वुलेन्सको ४ महिना पछि बल्ल हिसाव किताव ।

0 17

कृष्ण ढकाल
बर्दघाट,पौष–४
बर्दघाट नगरपालिका वडा नंम्वर १४ को माताहतमा रहेर संचालीत लु १ झ ४१८ नम्वरको एम्वुलेन्सको ४ महिना बढीको आम्दानी वडामा बल्ल जम्मा हुन पुगेको बुझिएको छ । एम्वुलेन्सको आम्दानी सबै सम्वन्धित वडामा जम्माहुने पर्ने निति रहेपनि उक्त एम्वुलेन्सका ड्राईभर मान बहादुर रानाले अहिले सम्म आम्दानी रकम जम्मा नगरी आफैले चलाएकोे बुझिएको छ । वडा नं. १४ का वडाध्यक्ष केशव बहादुर खत्रीक्षेत्रीसंग बुझदा ड्राईभरले हिसावको बुक हराएका कारणले ढिला भएको जानकारी आएको छ । यसअघि पनि ड्राईभरले हिसाव किताव दिदां विचमा कमीसन लिने देखि हिसवमा कमी आम्दानी भएको गुनासो आएको बुझिएको छ ।
यता ड्राईभर रानाले गत आईतवार विहान ९ बजे सम्म पनि हिसाव बुझाएका थिएन् । उनले आफ्नो हिसाव कपीहराएको गत शुक्रवार नगरपालिकामा भएको बैठकमा समेत जानकारी गराएको बताउदै अब किलो मिटरका आधारमा हिसाव दिने बताएका थिए । उनका अनुसार नगरपालिकाले नगरवासीहरुका लागि ३० रुपैया प्रति किलो मिटर र अन्यलाई ४० रुपैया प्रतिकिलो मिटर रुपैया निधारण गरेको थियो । रानाका अनुसार अहिले उनले चलाएको एम्वुलेन्स गत आईतवार सम्म ६३ हजार भन्दा वढी किलो मिटर चलेको छ । तर उनले ३५ हजार २ सय ५ किलोमिटर सम्मको हिसाव मिलान गरेको जनाएका छन् । अहिले सम्म रानाका अनुसार एम्वुलेन्सले २ लाख ५२ हजार ९ सय १० रुपैया कमाएको र ४२ हजार ९ सय १० रुपैया शुद्ध नाफा गरेको छ । यसअघि केहि महिना पहिले उक्त एम्बुलेन्स घरमा पार्किङ्ग गरेर राखेको अवस्थामा रातीको समयमा एम्वुलेन्सको सिसा समेत फुटेको थियो ।
बर्दघाट नगरपालिकाले आफ्नो नगरलाई ४ कलस्टरमा विभाजन गरेको छ । र सोही अनुसार आफ्नो कार्य योजना अघि सार्ने गरेको छ । जस्मध्ये एम्वुलेन्स सेवा संचालन पनि सोही अनुसार संचालनमा रहेको छ । नगरका ४ वटा कलस्टरमा एक÷एक वटा एम्वुलेन्स रहेका छन् त्यसको जिम्मेवारी सम्वन्धित वडालाई दिईएको छ । चारवटा कलस्टरहरु मध्ये साविकको दाउन्ने गाविस, साविकको माकर गाविस,साविकको जहदा गाविस र साविकको पञ्चनगर गाविस रहेका छन् ।

Leave A Reply

Your email address will not be published.