Jilla Ban Notis

बर्दघाट नगरमा अज्ञात समुहद्धारा कारमा अग्जनी।

0 21

कृष्ण ढकाल
बर्दघाट,श्रावण–१६
बर्दघाट नगरपालिका वडा नं. १५ को तेलाहामा अज्ञात समुहले सेन्ट्रो कारमा आग्जनी गरेको छ । आग्जनीवाट भारतीय नंम्वर पिलेटको एच.आर.२६ एक्स ६१६९ नं. को सेन्ट्रो कार पूर्ण रुपमा ध्वस्त भएको छ ।  गत १४ गते बुधवार राती अन्दाजी आठ बजेराती भएको उक्त घटनाको अनुसन्धान भैरहेको सेमरी प्रहरी ले जनाएको छ ।

काभ्रेपलान्चोक जिल्लाको रुसीखोला घर भई हाल नवलपरासी जिल्लाको प्रतापपुर गाऊपालिका वडा नं. २ सेमरीमा डेरा गरीबस्ने ३६ बर्षीय सोम बहादुर लामाले पार्किङ्ग गरी राखेको कारमा आग्लागी हुदां जलेर पूर्ण नष्ट भएको छ ।

Leave A Reply

Your email address will not be published.