Jilla Ban Notis

बर्दघाट नगरप्रकोप ब्यवस्थापन कोषमा २९ लाख ४७ हजार नगदसहित जिन्सी सामानहरु प्राप्त (पुर्णविवरण सहित)

0 30

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१५

बर्दघाट नगरपालिकाले स्थापना गरेको बर्दघाट नगर प्रकोप ब्यवस्थापन कोषमा अहिले सम्म २९ लाख ४७ हजार ४ सय ६० रुपैया नगद सहित अन्य जिन्सी सामानहरु सहयोग प्राप्त भएको छ ।
कोरोना भाईरसको संभावित संक्रमणलाई रोक्नका लागि गरीएको लक डाउनवाट प्रभावितहरुका लागि राहत वितरण गर्न स्थापना गरीएको प्रकोप ब्यवस्थापन कोषमा नगरक्षेत्रका विभिन्न संघ संस्था कार्यालय तथा ब्यक्तिहरुवाट उक्त रकम र जिन्सी सामानहरु सहयोग प्राप्त भएको बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा वस्यालले जानकारी दिनु भएको छ । नगरपालिकाको अहिले सम्मको तथ्यंक अनुसार बर्दघाट नगर प्रकोप ब्यवस्थापन कोषमा कर्मचारीहरुवाट ३ लाख ५५ हजार,जनप्रतिनिधिहरुवाट ५ लाख ५ हजार, निजि विद्यालयहरुवाट ३ लाख ५१ हजार,सामुदायिक विद्यालयहरुवाट ३ लाख ४६ हजार,संघ–संस्थाहरुवाट ८ लाख ९ हजार ९ सय ४२ रुपैया,आमा समुहहरुवाट २६ हजार १ सय ५ रुपैया,सहकारीहरुवाट ४ लाख ४० हजार २ सय ८३ रुपैया र सामाजिक ब्यक्तित्वहरुवाट १ लाख १४ हजार १ सय रुपैया सहयोग प्रप्त भएको छ ।
त्यसैगरी जिन्सी तर्फ अहिले सम्म टोटल चामल १० हजार ४ सय ८५ किलो, दाल र नुनु ३÷३ सय किलो, तेल ५५ लिटर,सावुन २ सय ४ पिस र अन्य सामान ७ सय २३ थान प्राप्त भएको नगपालिकाको आज सम्मको तथ्यांक रहेको छ । यसरी प्राप्त जिन्सी सामानहरु मध्ये विभिन्न विक्तीय संघ संस्थाहरुवाट मात्र २ हजार ९ सय ८५ किलो चामल,दाल र नुनु २÷२ सय किलो,तेल ५५ लिटर र साबुन २ सय ४ पिस सहयोग प्राप्त भएको नगरपालिकाको तथ्याकमा रहेको छ । बर्दघाट नगरपालिकाले केन्द्र र प्रदेशको निति अनुसार राहत वितरणमा एकद्धार प्रणालीमा अघिबढ्ने गरी स्थापना गरेको कोषलाई प्राप्त भएको सुचनाका आधारमा यो तथ्याक तयार गरीएको बताईएको छ । वांकी नगरपालिकाले तयार गरेको तथ्यांकको विवरण
यस प्रकार छ ।

Leave A Reply

Your email address will not be published.