Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा न १४ द्धारा न्यानो लुगा तथा शैक्षिक सामाग्री हस्तान्तरण ।

0 29

मुक्ती तिवारी
बर्दघाट,पौष–१८
बर्दघाट नगरपालिका वडा न १४ ले आफ्ना वडा भित्र रहेका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई टोपि,मोजा लगायतका न्यानो लुगा सगै कापी कलम सहितको शैक्षिक सामाग्री हरु समेत हस्तान्तरण गरेको छ ।
वडा ले शुक्रबार पशुपती प्रा बि मा अध्ययनरत करिब २ सय जना बिद्यार्थीहरुका लागि न्यानो लुगा र शैक्षिक सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे लाई हस्तान्तरण गरेको वडाध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले जानकारी दिनु भएको छ । ।यसै गरि शुक्र बस्तीमा रहेको शुक्र प्राबिका करिब १ सय जना बिद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्रीहरु बिद्यालयकि प्रधानाध्यापक राधा पान्डेय लाई हस्तान्तरण गरिएको थियो ।
त्यसै गरि चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल का बिरामीहरुका लागि समेत न्यानो ब्ल्याङ्केट अस्पताल का अध्यक्ष निमान्द न्यौपानेलाई हस्तान्तरण गरिएको थियो ।
बर्दघाट १४ का अध्यक्ष केशव खत्रीले बिकास निर्माण,शिक्षा स्वास्थ लगायतका आधारभुत काममा आफू गम्भीर भएर लागेको बताउदै सबै टोल वस्तीहरुमा विस्तारै यसप्रकारका कार्यहरु समेटेर अघि बढ्ने बताउनु भएको छ ।
वडा अध्यक्ष सहित वडा सदस्य टेकनारायण नवलपुरिया थारु,मन्जु श्रेष्ठ र सोही वार्ड का सचीव टङ्कनाथ भन्डारी र दाउन्नेदेवी स्वास्थ्य चौकी हेल्थ असिस्टेन्ट सुदिपा शर्मा लगायतको टोलिले बिधालय र अस्पतालमै पुगि उक्त सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.