Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नम्वर–२ द्धारा खेलकुद सामाग्री वितरण

0 30

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२०
बर्दघाट नगरपालिका वडा नम्वर –२ ले आज एक कार्यक्रमका विच खेलकुद सामाग्री वितरण गरेको छ । खेलकुद सामाग्री खरीद समितिका अध्यक्ष टेक बहादुर बुढाथोकीको अध्यक्षता र वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी खेलकुद सामाग्री वितरण गरीएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर –२ को पहाडी क्षेत्र र तराईक्ष्ँेत्रमा रहेका सबै क्वल तथा खेलकुद् संस्था एवं समुहहरुलाई आवश्यकताका आधारमा वडाध्यक्ष दर्लामीले खेलकुद् सामाग्री वितरण गर्नु भएको थियो ।

खेलकुदका सामाग्रीहरु पाउनेहरुमा नमुना युवा क्लव चिसापानी,मिरमिरे युवा क्लव चिसापानी,आम्वास भलिवल क्लव आम्वास,नयां नौलो विहानी युवाक्लव बांसखोला,नवजागरण युवा कल्व पटुके,फूलवारी युवा क्लव हुक्सेदमार,सृजना युवा क्लव चावचा,सृजना युवा क्लव तिलकेनी,हिमाल युवा क्लव संसारकोट,पोखरीछाप युवा क्लव पोखरीछाप,सूर्यज्योती युवा क्लव चिसापानी रहेका छन् ।


प्रेम भूर्तेलको संचालन रहेको खेलकुद सामाग्री वितरण कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर –२ का सबै जनप्रतिनिधिहरुको समेत उपस्थिी रहेको थियो । बर्दघाट नगरपालिका वडा नम्वर –२ ले आफ्नो योजनाको युवा तथा खेलकुद् शिर्षकवाट वडाका सबै क्वल तथा खेलकुद् संस्था एवं समुहहरुलाई र वडा नंम्वर २ को संरक्षकत्वमा संचालन हुन लागेको सूर्यज्योती कप–२०७७ का लागि आवश्यक पर्ने करिव १ लाख बरावरको खेलकुदका सामनहरु वितरण गरेको बताईएको छ।

Leave A Reply

Your email address will not be published.