Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. ५ का कृषकहरुका लागि तरकारी र घांसको विऊ वितरण ।

0 24

कृष्ण ढकाल
बर्दघाट,माघ–२८
बर्दघाट नगरपालिकाको कृषिशाखा र वडा नं. ५ ले वडा भित्रका कृषहरुलाई तरकारी र घांसको विऊ वितरण गरेको छ । मंगलवार एक कार्यक्रमका विच कृषकहरुलाई उक्त तरकारी र घांसको विऊ वितरण गरीएको हो । कृषहरुलाई परम्परागत कृषिवाट क्रमशः आधुनिक तथा ब्यवसायिक कृषितर्फ उन्मुख गर्दै उत्पादन मुखि कृषीमा जोड दिदै ब्यवसायिक पशुपालनमा आकर्षित गर्नका लागि नगरपालिका र वडाले तरकारी र घांसकोे विऊ वितरण गरेको छ । आठ सय किसानहरुका लागि लक्षीतगरी सांसको विर र तरकारीको विऊ वितरण गरेको हो । बर्दघाट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रेश्मीराज भट्टराईको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख ातिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रशासकिय प्रमुख मेघराज पाध्याय,समाज सेवी उक्तमध्वज के.सी. लगाएतको सहभागिता रहेको थियो । https://www.youtube.com/watch?v=wq2p28i1J9k&t=169s

Leave A Reply

Your email address will not be published.