Jilla Ban Notis

बर्दघाट नगरपालिकाले कोभिड–१९ ब्यवस्थापन,कृषि र रोजगारीलाई पहिलो प्राथमिता दियो ।

आ. ब. २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम

0 17

कृष्ण ढकाल
बर्दघाट,असार–१०
नवलपरासीको बर्दघाट नगरपालिकाले आ. ब. २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य संस्थाको सृदृढीकरण , कोभिड–१९ ब्यवस्थापन , राहत तथा सहुलियत कृषि ,पशु तथा लघुउद्यममा आधारित रोजगारी बृद्धि,सडक संजाल,कृषि पकेट क्ष्ँेत्रविस्तार, शिक्षा स्वास्थ्य र खानेपानी जस्ता सामाजिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिईएको छ ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले प्रस्तुत गर्नु भएको उक्त निति तथा कार्यक्रममा साप्ताहिक हाट बजार,पाडा बजार,बसपार्क लगाएतका आयठेक्का संचालन हुन नसकेको भन्दै राजश्व परामर्श समितिको सिफारिसमा बन्द भएको दिनको तथा प्राविधिक मुल्याङ्कनका आधारमा रकम फिर्ता दिने उल्लेख गरीएको छ । त्यस्तै बन्दका कारण खजुरी खोला र गगटे खोलाको नदीजन्य वस्तु समेत निकासि गर्न नसकिएको भन्दै प्राविधिक मुल्याङ्कनका आधारमा ब्यवसायिलाई मर्का परे बमोजिमको रकम फिर्ता दिने उल्लेख गरीएको छ ।
विपद ब्यवस्थापन वन वातावरण तथा जलबायु परिर्वतनका कार्यक्रम एंव संस्थागत विकासतर्फ तथा सेवा प्रवाहमा सुशासन र न्यायमा पहुंच स्थापित गर्न कार्यक्रम समाबेश गरिएका छन् भने चालु आर्थिक वर्ष २०७६/०७७ मा आन्तरीक आन्दानी ५ करोड ३ लाख २७ हजार हुने अनुमान गरे पनि अहिले समिक्षा अवधि सम्म ३ करोड प्राप्त भएको जनाईएको छ । त्यसैगरी आगामि आ.व. २०७७÷०७८ का लागि ९६ करोड ८६ लाख ५ सय ७० रुपैया आय अनुमान गरेको उल्लेखगरीएको छ । जस्मा चालु तर्फ ४८ करोड ४३ लाख ११ हजार ५ सय ७० रुपैया र पुंजीगत तर्फ ४८ करोड४२ लाख ९० हजार खर्च अनुमान गरीएको जनाईएको छ ।
आज भएको छैठौं नगर सभामा नगर प्रमुख बस्यालले निति तथा कार्यक्रम प्रस्तुत् गर्नु भएको थियो भने उप–प्रमुख मायादेवी पौडेलले विनियोजन बिद्येयक प्रस्तुत गर्नुभएको थियो । नगरसभा नगर प्रमुख धीरज शर्मा बस्यालको अध्यक्षतामा भएको थियो । अब अर्को सदन बजेटका लागि यही २१ गते बस्ने गरी आज समापनगरीएको थियो ।

Leave A Reply

Your email address will not be published.