Jilla Ban Notis

बर्दघाट नगरपालिकालाई एक लाख पिस सर्जिकल मास्क सहयोग प्राप्त ।

0 38

कृष्ण ढकाल
बर्दघाट,पुष–२
युनाईटेड नेसनले बर्दघाट नगरपालिकालाई आज एक लाख पिस सर्जिकल मास्क हस्तान्त्रण गरेको छ । बर्दघाट नगरपालिकाको कार्यालय परिसरमा नगर प्रमुख धिरज शर्मा वस्याललाई यु एन डि पी का लुम्बिनी प्रदेश प्रतिनिधि शुदिप अर्यालले उक्त सर्जिकल मास्क हस्तान्तरण गर्नुभएको थियो ।

पत्रकारहरुको उपस्थितीमा हस्तान्त्रण गर्नेक्रममा बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देविपौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य,स्वास्थ्इ शाखा प्रमुख माधव ज्ञवाली,शिक्षा ,युवा तथा खेलकुद विकास शाखा प्रमुख ईन्द्र बहादुर कुवंर,योजना शाखाका पुष्कर काफ्ले लगाएतको उपस्थिती हरेको थियो ।

सर्जिकल मास्क हस्तान्तरणका क्रममा बोल्दै यु एन डि पी का लुम्बिनी प्रदेश प्रतिनिधि शुदिप अर्यालले कोरोना महामारीका वेला बर्दघाट नगरपालिकाले सर्जिकल मास्क आवश्यक रहेकाले सहयोग गर्नका लागि गरेको अनुरोध अनुसार आफुहरुले सहयोग उपलब्ध गराएको धारण राख्नु भएको थियो । उहांले बर्दघाट नगरसंग आफुहरुले सम्वन्ध जोडन पाएकोमा शुखी ब्यक्त समेत गर्नु भएको थियो ।
त्यसैगरी सोही क्रममा बर्दघाट नगरका नगर प्रमुख बस्यालले सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको धारण राख्नु भएको थियो ।

https://www.youtube.com/watch?v=UoqLSTNz0_g।

Leave A Reply

Your email address will not be published.