Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा महिलाहरुलाई लक्षीत तिनदिने आधारभुत तालीम संचालन ।

0 123

बर्दघाट,माघ–१६
बर्दघाट नगरपालिकाले ग्रामिण तहका महिलाहरुलाई लक्षीत गरेर तिन दिने आधारभुत तालीम संचालन गरेको छ । महिला बाल बालिका तथा जेष्ठ नागरीक शाखा मार्फत संचालन भैरहेको उक्त तालिम अन्र्तगत पञ्चनगर क्लस्टर र जहदा क्लस्टरमा सो तालीम सम्पन्न् भएको छ ।

गरिव,दलित तथा पिछडा वर्गका महिलाहरुलाई लक्षीत गरी संचालन गरीएको उक्त तालीममा नेतृत्व तथा क्षमता विकास,सञ्चार सिप,महिला समानता,लैङ्गि हिंसा न्यूकरण,महिला आत्मनिर्भर कसरी बन्ने ? लगाएतका बिषयमा तीन दिन सम्म जानकारी प्रदान गरीएको बर्दघाट नगरपालिकाकी महिला बाल बालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख अप्सरा सुवेदीले बताउनु भएको छ ।

पञ्चनगरमा भएको तालीममा पत्रकार कृष्ण ढकाल,लोमा खनाल र बाबुराम तिमिलसिनाले सहजीकरण गर्नु भएको थियो भने माघ १४ देखि १६ गते सम्म जहदामा भएको तालिममा पत्रकार कृष्ण ढकाल,नारायण घिमिरे र खिमा रिजालले सहजीकरण गर्नु भएको थियो । पञ्चनगर र जहदा पछि अब दाउन्ने कलस्टरमा पनि सोहि तालीम संचालन गरीने शाखा प्रमुख अप्सरा सुवेदीले बताउनु भएको छ ।

जहदाको सामुदायिक भवनमा संचाल भएको तिन दिने आधारभुत तालीम समापन कार्यक्रममा बोल्दै बडा नं. १३ का कार्यवहाक वडाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रेशमराज पाण्डेले सिकेको सिपलाई ब्यवहारमा उतार्नका लागि आग्रह गर्नु भएको थियो ।
यसअघि संचालन गरीएको ५ महिने सिलाई कटाई तालिम लगाएतका अन्य तालिमहरु खासै ब्यवहारिक रुपमा प्रयोग नआएको बताउदै यस पटकको तालीम मुलत ब्यवहारीक रुपमा नै लागु हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा वडा सदस्य अमृता कुमारी सुनार,सकुन्तला धनिकार ,दिपा कुमारी चौधरी ,पत्रकार कृष्ण ढकाल र सहभागिको तर्फवाट बन्धना थारु, र गिता हरिजनले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । तालिममा वडा नं. १२ र १३ कागरी २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.