Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीका लागी स्तनपान कक्ष स्थापना ।

0 38

रामु भुसाल

बर्दघाट,माघ–२७
बच्चाको पोषणका लागी पुर्ण स्तनपान भन्ने मुल नाराका साथ नवलपरासीको बर्दघाट नगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ ।  सोमबार नगरको कार्यालय परिसरमा एक कार्यक्रमका बीच सो कक्ष स्थापना गएिको हो । कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीका लागी सो कक्ष स्थापना गरि सोमबार उद्घाटन गरिएको हो । सो अवसरमा स्तनपान कक्षको उद्घाटन गर्दै कार्यक्रमका सभापति समेत रहनुभएका बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकालाई बालमैत्री नगर घोषणालाई मध्यनजर गर्दै यस स्तनपान कक्षको स्थापना गरिएको बताउदै बालमैत्री नगर घोषणाका लागी आफुहरुले सबै सुचकहरु तयार गर्ने अभियानमा लागिसकेको र आउदो बर्ष २०७७ को चैत्र महिनाको ३० गते नगरलाई बालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको बताउनुभयो । कार्यक्रममा बोलदै नगर स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवलीले शाखाले बर्दघाट नगरको स्वास्थ्य क्षेत्रमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताउदै नगरलाई बालमैत्री नगर घोषणा लागी यस कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा बर्दघाट नगरपालिकाका विभिन्न वडाका वडाध्यहरु, वडा सदस्यहरु, नगर कार्यपालिकाका पदाधिकारीहरु, स्थानिय समाजसेवी, बुधिजिवी, स्वास्थ्य शाखाका सम्पुर्ण पदाधिकारीहरु लगाएतको उपस्थिती रहेको थियो । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बर्दघाट नगर स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवलीले गर्नुभएको थियो । बर्दघाट नगरपालिकालाई बालमैत्री नगर बनाउने लक्ष्यका साथ काम भइरहेको र सोही अन्र्तगत बालमैत्रीका सुचकहरुमध्य बालबालिकाहरुको अधिकारलाई मध्यनगर गर्दै सो स्तनपानको स्थापना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.