Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा मौसमी तथा बेमौसमी तरकारीका विउ वितरण ।

0 18

माधब प्रसाद घिमिरे
बर्दघाट,पुष–२३
बर्दघाट नगरपालिकाले नगरभित्रका कृषि समुहरुलाई मौसमी तथा बेमौसमी तरकारीका विउ वितरण गर्ने कार्यलाई तिव्रता दिएको छ । आज पनि नगरका ८ वटा वडाका कृषि समुहलाई तरकारीको विउ वितरण गरेको छ । यो भन्दा पहिले पनि पहिलो चरणमा नगरका ८ वटा वडाका कृषि समुहलाई तरकारीको विउ वितरण गरेको थियो ।

आज तरकारीको विउ वितरण गर्दै नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरका कृषकहरुलाई ब्यबसायीक बनाउनका लागिआवश्यक विउविजन संगै प्रविधि समेत नगरपालिकाले सहयोग गर्दे आएको बताउनु भएको थियो । त्यसैगरी नगर उपप्रमुख मायादेवी पौडेलले कृषि, पशुपालन र मासुमा नगर आत्म निर्भर हुनेगरी नगरपालिकाले आफ्नो योजना अघि बढाएको बताउनु भएको थियो ।

मौसमी तथा बेमौसमी तरकारीका विउ वितरण कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख युवराज लम्साल, किसान छवीलाल तिमिल्सिना लगाएतले बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.