Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा कृषकका लागि घाँसको बिउ प्रदान ।

0 40

रवि पाण्डे

बर्दघाट,असोज–२२
बर्दघाट नगरपालिकाको कार्यालयको स्विकृत कार्यक्रम अन्तरगत पशुपन्छी विकास शाखाले उन्नत घाँसका बिउ वितरण गरेको छ ।  हरियो घाँसमा आधारित पशुपालन प्रणाली अपनाउदाँ लागत मूल्य न्युन भई आम्दानी तथा बचतमा बृद्धि हुने भएकोले पालिकाले घाँसको बिउ बितरण गरेको हो । नगरले हिंउदे जै तथा बर्षीम घाँसको बिउ वितरण कार्यक्रम सम्पन्न गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।
पशु पालक कृषकहरुलाई ४० क्विन्टल जै घाँसको बिउ र १७ क्विन्टल ६० केजी बर्षिम घाँसको बिउ वितरण पशुपंन्छी विकास शाखाका प्रमुख भरत लम्सालले बताए । पशुपालक कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा घाँसको विउ वितरण गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ । २५ प्रतिशत लागत सहभागितामा उन्नत घाँसका बिउ पाएपछि कृषकहरु हर्षित भएका थिए । कृषकहरुले धान काट्ने समय भइसकेकोले धान काटेपछिको खाली जग्गामा घाँस लगाउने भएकाले समयमै घाँसको विउ वितरण गरिएको हो । ७ लाख पचास हजार रुपैया बराबरको बिउ प्रदान गरिएको लम्सालले बताए ।

बर्दघाट नगरद्वारा कृषक पाठशाला संचालन

बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले कृषक पाठशाला कार्यक्रम संचालन गरेको छ ।  पशु पाल्दाँ गर्नुपर्ने कर्म पशु पाल्दाँ पशुको जन्म देखि मृत्यु सम्मका गर्नुपर्ने सिपका बारे ज्ञान दिने उद्धेश्यले मासिक रुपमा एक दिन पाठशाला संचालन हुदै आएको हो ।  पशुपालक कृषकहरुको सिकाई बृद्धि गर्नका लागि पाठशाला संचालन गरिएको बर्दघाट नगरपालिका पशुपन्छी शाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.