Jilla Ban Notis

बर्दघाट नगरपालिकाको गेट अगाडी विरोध प्रर्दशन ।

0 62

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३०
बर्दघाट क्ष्ँेत्रका युवाहरुले आज बर्दघाट नगरपालिकाको गेट अगाडी विहान ९ बजे देखि करिव २ घण्टा विरोध प्रर्दशन गरेका छन् । आफुहरु कुनैपनि पार्टी वा संगठनका ब्यत्तीहरु नभै बर्दघाटका स्वतन्त्र युवाहरु रहेको र सबैजना स्वतस्फूर्त रुपमा जम्मा भएर विरोध प्रर्दशन गरेको विरोधमा सहभागि अगुवा नेता किश्वर गैरेले बताउनु भएको छ ।उहांका अनुसार विगत लामो समय देखि देश लकडाउनमा भएको बेला स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचार,दण्डहिनता ,कोरोना ब्यवस्थापनमा सरकारको अक्रमण्यता,असुरक्षीत क्वारेन्टाई,पि.सि.आर. परिक्षणमा भएको ढिला सुस्ती बढ्दो कर लगाएतका बेतीथीहरुको विरुद्धमा उक्त विरोध प्रर्दशन गरीएको बताउनु भयो । करिव ३० । ४० जानको समुहमा रहेका ति युवाहरुले जनताले कुर्चीमा बस्न भोट दिने,सरकारले क्वारेन्टाईनमा वस्न गोठ दिने लगाएका पोष्टरहरु लिएर बर्दघाट नगरपालिकाको गेट अगाडी दुरी कायम गर्दै लाईनमा उभिएर नारा वाची समेत गरीरहेका छन् ।

Leave A Reply

Your email address will not be published.