Sarawal Ga pa

बर्दघाट खानेपानी संस्थाले जँगल मुहान क्षेत्रमा समेत सुन्दरीकरण गर्यो ।

0 57

कृष्ण ढकाल
बर्दघाट,माघ–२१
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जँगल मुहान क्षेत्रको पानी प्रशोधन केन्द्र तथा रिजर्भ वायर ट्याँकि तर्फ जाने बाटोमा निमार्ण गरीएको सिँढि तथा रेलिङ्ग को एक कार्यक्रमका विच समुद्घाटन गरीएको छ ।

विहिवार बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले उक्त सिँढि तथा रेलिङ्ग को समुद्घाटन गर्नु भएको हो । सँस्थाका अध्यक्ष धातानन्द बश्यालको अध्यक्षता र नगर प्रमुुख बस्यालको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा वडा नम्वर ४ का वडा सदस्य गौमाया पराजुली आर सी, पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चुडामणी भण्डारी,बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतम लगाएतको उपस्थिती रहेको संस्थाका ब्यबस्थापक विष्णु कुमार भूषालले जानकारी दिनु भएको छ ।

बर्दघाट सानाशहरी खानेपानी आयोजनाको जँगल मुहान क्षेत्रमा निमार्ण गरीएको उक्त सिँढि तथा रेलिङ्ग बर्दघाट नगरपालिकाले ४ लाख ३४ हजार र संस्थाले १ लाख ८ हजार लागत साझेदारी रहर्ने गरी उक्त कार्य भैरहेको संस्थाका अध्यक्ष घातानन्द बस्यालले बताउनु भएको छ ।

मुहान क्षेत्रमा कार्यक्रम गर्दै

बर्दघाट नगरपालिकाको ८० प्रतिशत आर्थिक सहयोग एवम सस्थाको २० प्रतिशत गरि जम्मा ५ लाख ४२ हजार ५ सय ९० रुपैयाको सहलगानीमा उक्त योजना सम्पन्न भएको अध्यक्ष बस्यालले बताउनु भयो ।

अहिले सिँढि तथा रेलिङ्ग निमार्ण कार्य सम्पन्न् भएसंगै खानेपानी सँकलन क्षेत्रको दैनिक रेखदेख,क्लोरिनेशनको कार्य,वातावरणिय सँरक्षण,गरि गुणस्तर खानेपानी वितरणमा अझवढी टेवा पुग्नेमा आफुहरु आशावादी रहेको संस्थाका ब्यवस्थापक भुषालको भनाई रहेको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जँगल मुहान क्षेत्रको पानी प्रशोधन केन्द्र तथा रिजर्भ वायर ट्याँकि तर्फ जाने बाटोमा निमार्ण भएको सिँडि तथा रेलिङ्ग निर्माणकार्य ले संस्थाको कार्य सम्पादन शैलीको प्रसंशा हुनुका साथै नमुना मुकामका लागि थप टेवा पुग्ने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.