Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा संयुक्त प्यानलको वर्चस्व,अध्यक्षमा धातानन्द बस्याल विजयी ।

0 34
बर्दघाट,फागुन –१२
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट–४ नवलपरासीको ८औं अधिवेशनवाट धातानन्द बस्याल अध्यक्ष पदमा विजयी हुनुभएको छ । संस्थाको आईतबार भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फवाट उमेदवारी दिनुभएका संयुक्त प्यानलका अध्यक्ष धातानन्द बस्यालले १ हजार ३ सय ९० मत ल्याई अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहांले अर्को नेकपाको तर्फवाट एकल प्यालनका अध्यक्ष पदका उमेदवार प्रदिप सुवेदीलाई ४ सय २९ मतले पछिपार्दै  बस्याल अध्यक्ष पदमा विजयी हुनुभएको छ । नेकपाका तर्फवाट अध्यक्षपदका उमेदवार सुवेदीले  ९ सय ६१ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा भने नेकपा प्यानलका दिपक लम्सालले १ हजार २ सय मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी संयुक्त प्यानलका रमेश कुमार श्रेष्ठले १ हजार १ सय २२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, सचिव पदमा संयुक्त प्यानलकै धन बहादुर गुरुंगले १ हजार १ सय ८७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी नेकपा प्यानलकी सृजना आचार्यले १ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष पदको लागी सयुक्त प्यानलकै थुमाकला बस्यालले १ हजार १ सय ८५ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी सरस्वती पन्त कण्डेलले १ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा सयुक्त प्यानलकै रेनुका क्षेत्री गिरि, सिता गुरुंग, भुलई प्रसाद थारु, मंगले सार्कि, कालिदास पाण्डे कृष्ण विजयी हुनुभएको छ ।
 त्यसैगरि लेखा संयोजकमा सयुक्त प्यानलका गोपाल पाण्डेले १ हजार उनन्यासी मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका निकट्तम प्रतिद्वन्दी विपिन आलेले ९ सय ७५ मत प्राप्त गर्नुभएको छ । लेखा समितिको सस्यहयरुमा सयुक्त प्यानलकै पुर्ण बहादुर सारु, बसन्ती चौधरी विजयी हुनुभएको निर्वाचन अधिकृत दिनेश घिमिरेले जानकारी दिनुभएको छ । संस्थामा कुल ३ हजार ५ सय २१ धारा जडान भएकोमा नियमअनुसार मतदानमा भाग लिन तीन हजार पच्चीस मतदाता रहेकोमा सो मतदान प्रकृयामा सस्थाका दुई हजार चार सय उन्साठी उपभोक्ताले मतदान गरेकोे निर्वाचन अघिकृत घिमिरले बताउनु भयो । निर्वाचन समितिका अनुसार १२ पदका लागी २५ जनाको उम्मेद्धारी परेको थियो ।

Leave A Reply

Your email address will not be published.