Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाद्धारा खानेपानीको मुहान श्रोतको अवलोकन ।

0 50

रामु भुषाल
बर्दघाट,पौष–२३
नवलपरासीको बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाद्धारा सञ्चालित खानेपानी सुरक्षा योजना समितिको आयोजनामा बुधबार सस्थाद्धारा वितरित खानेपानीको मुहान श्रोतको अवलोकन कार्यक्रम सम्पन्न गरिएको छ । सस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका समयोजक धातानन्द बस्यालको समयोजकत्व तथा सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवलोकनका क्रममा समयोजक बस्यालले आफ्नो कार्यकालमा बर्दघाट वडा नम्बर ४ का बासिन्दालाई शुद्ध खानेपानी वितरणका लागी सुरक्षा समितिले विविध गतिविधिहरु सञ्चालन गरेको र शुद्धताका लागी हर प्रयास समिति लागि परेकोमा समितिलाई धन्यबाद ज्ञापन समेत गर्नुभएको थियो ।  कार्यक्रममा सस्थाका पदाधिाकरीहरु, कर्मचारी, सुरक्षा समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । पुर्व पश्चिम महेन्द्र राजमार्ग देखी करिब ३ किलोमिटर उत्तर तर्फ रहेको चुरे पहाडमा खानेपानीका ३ वटा मुहान मध्य दुई वटा मुहान सञ्चालनमा रहेको र ति मु्हानको सरक्षणका लागी सस्थाद्धारा विधि गतिविधिहरु सञ्चालनमा रहेका छन । खानेपानीको वितरण प्रणालीमा उपभोक्ताहरुको मुहानको बारेमा गुनासो आइरहेको अवस्थामा सस्थाका पदाधिकारी लगाएत सुरक्षा समितिले त्यसको अवलोकन गरेको र मुहानमा कुनै किसिमको फोहोरमैला नभएको र पानी ब्यवस्थित र सुरक्षित रुपले मुहानबाट ट्यांकीमा आइरहेको सस्थाका अध्यक्ष रानाले बताउनुभएको छ । दुई वटा मुहान र तिन वटा डिप बोरिंगबाट पानी संकलन गरि पानीको उपचार पछी पानी वितरण गरिएको र बर्दघाट ४ मा अवस्थित बर्दघाट खानेपानी संस्थाले वडाभित्रका करिब ३ हजार ५ सय १० घरधुरीलाई २४ सै घण्टा पानी वितरण गरेको र संस्थामा खानेपानी सुरक्षा योजना समिती गठन गरि संस्थाद्धारा वितरित पानीलाई सफा, स्वच्छ र सुरक्षित बनाउन प्रयासरत रहेको संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.