Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ खानेपानी आयोजना समुद्घाटन ।

0 107

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटले बाढीपिडितमा निर्माण गरेको नयाँ आयोजना समुद्घाटन गरीएको छ । कुल ७ करोड १० लाख ९२ हजार ३ सय ५५ रुपैयाको लागतमा निमार्ण सम्पन्न् भएको आयोजनाको आज एक कार्यक्रमका बिच समुद्घाटन गरीएको हो ।
४ सय ५० घनमिटरको ट्यांकी, डिप बोरिंग २ वटा, गार्ड हाउस १ वटा, जेनेरेटर १ सेट र भल्भ चेम्बर १० वटा गरि ९० प्रतिशत नेपाल सरकारको लागत सहभागिता र १० प्रतिशत संस्थाको लागत सहभागितामा आयोजना सम्पन्न भएको सघिंय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय बुटवलकी ईन्जिनियर सुवेच्छा जिसिले बातउनु भयो । आयोजनाको लागत अनुमान कुल १३ करोड २३ लाख ७४ हजार ४ सय ८७ रुपिया गरीएको थियो ।

संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता र प्रतिनिधि सभा सदस्य विनोद कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले पालिका, प्रदेश र संघले अगाडी सारेका योजनाहरुलाई मिलाएर विकासको खाका अनुसार काम गर्ने बताउनु भयो ।
उहांले प्राथामिक्ताका आधारमा आफ्नो क्षेत्रमा १ सय २ वटा योजनाका खाका तयार पारेको र १५ वटा गर्व गर्न लायक योजना छनौट गरि विभिन्न चरणमा काम भइरहेको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष धातानन्द बस्यालले संस्थामा यस अघि बर्दघाटमा दुई वटा मुहान श्रोत र तिन वटा डिप बोरिंग मार्फत गरीएर राखिएको बताउदै वडा नम्बर ४ का ४ हजार ५६ घरधुरीमा २४ सै घण्टा पानी वितरण गर्दै आइरहेको बताउनु भएको थियो ।
वडामा करिव ९ घर धुरिमा धारा जडान बाकी रहेकोबताउदै यसै आर्थिक बर्ष भित्र वडाका सबै घरधुरीमा एक घर एक धारा पुर्याइने लक्ष्यका साथ काम अघि बढिरहेको बताउनु भएको थियो ।

कार्यक्रममा समाजसेवी टेक बहादुर आरसि, राजनितिक दलको तर्फबाट नेपाली कांग्रेसका बर्दघाट नगर सभापति दामोदर जिसि, सल्लाहकारको तर्फ देखी सल्लाहकार रविन्द्र विक्रम हमाल, बर्दघाट ४ का वडाध्यक्ष बेदविना तिवारी पुर्व सहसचिव तथा ईन्जिनियर सालिकराम पौडेल, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्र प्रकाश उपाध्याय लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कार्य समितिका पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी लगाएत उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा समितिका संमयोंजक दिपक लम्सालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर गुरुंगले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.