Jilla Ban Notis

बर्दघाट खानेपानीको निर्वाचनमा सदस्यपदका उमेदवार अनुज शाक्यद्धारा उमेदवारी फिर्ता ।

0 18

बर्दघाट फागुन ८

बर्दघाट खानेपानी तथा सरसफाई उभोक्ता संस्थाको फागुन १० गते हुने निर्वाचनमा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अनुज शाक्यले आफ्नो उम्मेदारी फिर्ता लिएको घोेषणा गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार फागुन ६ गते साँझ ४ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिए पनि शाक्यले उम्मेदारी फिर्ता लिएका थिएनन् । उम्मेदवारी फिर्ता लिने समय सिमा भित्र अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका मोहन सापकोटा, सचिव पदमा उम्मेदवारी पुरुषोत्तम कंडेल र लेखा संयोजक पदमा उम्मेदवारी दिएका शिवलाल पन्थले निर्धारित समय सिमा भित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । शाक्यले आज एक विज्ञप्ती जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले विज्ञप्ती मार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि मतपत्रमा भने उनको नाम रहनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा कायम भएका उम्मेदवार सवैको नाम मतपत्रमा प्रकाश हुने निर्वाचन अधिकृत दिनेश घिमिरेले बताउनुभयो ।

शाक्यले आफ्नो विज्ञप्तीप्मा आसन्न बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटको निर्वाचनमा खुल्ला सदस्य पदमा उम्मेदवारी गरेकोमा आफु आवद्ध रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को तर्फबाट उठेको प्यानललाई विजय गराउन आम उपभोक्ता संग अपिल गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन् । उनले आम मतदाताहरुमा पर्न गएको अफ्ठेरो प्रति क्षमा प्रार्थी रहेको विज्ञप्ती मार्फत  नै जानकारी गराएका छन् ।

Leave A Reply

Your email address will not be published.