Jado Notish Bardaghat

बर्दघाटमा डिजिटल प्रविधि मार्फत शिक्षण सिकाई सुरु

0 4

बर्दघाट,माघ-२२

प्रविधीमैत्री शिक्षालाई जोड दिदै बर्दघाट नगरपालिकामा डिजिटल प्रविधिमार्फत शिक्षण सिकाई सुरु गरिएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदा मा रहेको नित्यानन्द रत्नकुमारी माबीमा विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन डिजिटल बोर्ड बाट अध्यापन सुरु गरिएको हो । बर्दघाट नगर प्रमुका १२ अभियान अन्तरगत याे कार्य गरेकाे हाे ।

संविधान सभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यता एवम् नगरप्रमुख शम्भुलाल श्रेष्ठको विशेष आतिथ्यतामा प्रविधिको शुभारम्भ गरिएको छ ।प्रविधिको बिकास सगै यसको उच्चतम रुपमा सहि प्रयोगले विद्यार्थीको मनोबल समेत बढ्ने हुदा मस्तिष्कले डिजिटल कुरालाई चाडो प्राप्त गर्ने संविधानसभा सदस्य बिक्रम खनालले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले गुणस्तरीय शिक्षाका निम्ति पनि डिजिटलाईज हुनु प्रभावकारी हुने बताउनु भयो ।हरेक क्षेत्रमा प्रविधी अब अपरिहार्य जस्तै बनेको हुदा खोज अनुसान्धानका लागि पनि डिजिटल प्रविधि मार्फतको पठनपाठन सहज हुने श्रेष्ठले बताउनु भयो ।प्रविधिले समयको बचत सगै एकै ठाउँबाट थुप्रै बिषयगत पाठ्यक्रमका बारेमा विद्यार्थीलाई ज्ञान हासिल गर्न उचित हुने बताउदै नगरपालिकाले आगामी दिनमा नगरका सबै विद्यालयहरुलाई क्रमश प्रविधिमैत्री बनाउदै लगिने उल्लेख गर्नु भयो ।प्रविधी मार्फतको पठनपाठनले बिद्यार्थीमा थप हौसला थपिएको विद्यालयका शिक्षकहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.