Jilla Ban Notis

बर्दघाटनगरमा संचालनमा रहेका पसलमा अनुगमन,म्याद गुज्रीएका सामान बरामत ।

0 39

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२८
बर्दघाट नगरपालिका क्षेत्रमा रहेर संचालनमा रहेका अत्यावश्यक सामान बिक्री गर्ने पसलहमा आज अर्थात शुक्रवार अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा नगर उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा सरोकारवालाहुको संयुक्त टोलीले नगरभित्रका बजारक्षेत्रमा अनुगमन गरेको हो । बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने , महासचिव दिनेश न्यौपाने ,दामोदर जि.सी,उपभोक्ता हित संरक्षणका प्रदेश सदस्य धनञ्जय पौडेल , प्रहरी र पत्रकार सहितको टोलीले सो अनुगमन गरेको थियो ।. अगुगमनको क्रममा म्याद गुज्रेका पेयपद्धार्थ , ड्राई फुड , मसला र औषधि समेत बरामद गरिएको छ . वडा नं. १२ मा भटौलि बजार विकास समितिका अध्यक्षकै पसलवाट समेत मिति सकिएका सामानहरु बरामत भएको छ । शुक्रवार १५ वटा पसलहरुको अन’गमन गर्दा पसलहरुमा मुल्य सुची राख्ने क्रम भने बृद्धि भएको पाइएको थियो । अनुगमनका क्रममा बजारमा खासै खाद्य सामाग्रीको अभाव नरहेको भएपनि आलु , चिनी र प्याजमा अधिक मुख्य लिएको भेटिएको र अभावको मौका पारेर अधिक मुल्य लिने पसलहरुलाई सचेत गराईएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानले बताउनु भएको छ । टोलीले भुताहा, भटौलियाँ , जमुनियाँ र साविक दाउन्नेका बिभिन्न किराना तथा मेडिकलहरुको अनुगमन गरेको थियो । यस अघि बर्दघाट र जिमिरेभार बजारमा समेत अनुगमन गरिएको बताउदै अनुगमनलाई निरन्तरता दिइने बर्दघाट नगरपालिकाकी उपप्रमुख पौडेलले बताउनु भएको छ ।
यता अनुगमनमा रहनु भएका बर्दघाट नगरपालिकाका सुचना अधिकारी पुस्कर काफ्लेले अनुगमनका क्रममा खासै कुनै समस्या नभेटिएको र बेलाबेलामा अनुगमन गर्दा ब्यापारी र उपभोक्ता सचेत हुने गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.