Jilla Ban Notis

बर्दघाटको अस्थाई क्वारेन्टाईनमा रहेका १० जानमा पिसिआर रिपोर्ट पोजेटीभ ।

0 15

कृष्ण ढकाल
बर्दघाट,साउन–४
बर्दघाट नगरपालिकाको अस्थाई क्वारेन्टाईनमा रहेका १० जना ब्यीक्तमा कोरोना परिक्षणको रिपोर्ट पोजेटीभ आएको छ । पिसिआर परिक्षणका लागि स्वाव संकलन गरी पठाईएका १ सय २ जना मध्ये १० जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ । वांकी ९२ जनाको पिसिआर रिपोट नेगेटिभ आएको ज्ञवालीले बताउनु भयो ।
ज्ञवालीका अनुसार बर्दघाट नगरपालिकाले स्थापना गरेका अस्थाई क्वारेन्टाईनमा रहेका वडा नं. २ को २ जना, वडा नं. ४ को २ जना ,,वडा नं. ७ को १ जना,वडा नं. १२ को १ जना,वडा नं. १३ को २ जना,वडा नं. १४ को १ जना,वडा नं. १५ को १ जना गरी १० जान ब्यीक्तमा कोरोना परिक्षणको पिसिआर रिपोर्ट पोजेटीभ आएको छ ।

Leave A Reply

Your email address will not be published.