Jilla Ban Notis

बड्हरामा सर्पको टोकाइबाट एकको मृत्यु

0 66
उमेश बि.क
सरावल,१० भदौ
बड्हरामा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ बड्हरा बस्ने बर्ष ४८ काे नरेश गुप्ता रहेको त्रिबेणी अार्मि क्याम्पले जनाएको छ ।
खेतमा माछा मार्न गएकाे अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि त्रिबेणी स्थित त्रिबेणी अार्मि क्याम्पमा पुर्याइएकाे थियो ।  थप उपचारका लागि बुटवल लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको समाजसेवी जन्मेजय यादवले जानकारी दिनुभएको हाे।

Leave A Reply

Your email address will not be published.