Sarawal sit lahar Notis

फोटोग्राफर संघ नवलपरासीद्धारा रक्तदान कार्यक्रम सम्पन्न् ।

0 66

कृष्ण ढकाल
बर्दघाट,भदौं–५
फोटोग्राफर संघ नवलपरासीले आफ्नो स्थापना दिवस तथा दोस्रो बार्षिकोत्सवको अवसर पारेर आज रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ। बर्दघाटमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

फोटोग्राफर संघ नवलपरासीका अध्यक्ष्ँ चेत नारायण पाण्डेको अध्यक्षता र जिल्ला रक्त संचारका संयोजक सुरज के.सीको प्रमुख आतिथ्यतामा शुभारम्भ गरीएको रक्तदान कार्यक्रममा २ जना महिला र ३५ पुरुषहरुले रक्तदान गरेको संस्थाका सचिब तथा कार्यक्रम संयोजक यज्ञमुर्ति भण्डारी (शिव) ले जानकारी दिनु भएको छ ।

नेपाल रेडक्रश सोसाईटी नवलपरासीको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न् गरीएको फोटोग्राफर संघ नवलपरासीका अध्यक्ष्ँ चेत नारायण पाण्डेले जानकारी दिनु भएको छ ।

रक्तदान कार्यक्रमको शुभारम्भका क्रममा नेपाल रेडक्रश सोसाईटी बर्दघाट उप–शाखाका सभापति नारायण अधिकारी,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने ,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष दिपक लम्साल लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.