Jilla Ban Notis

प्रारम्भीक बाल विकास केन्द्रका सहजकर्ताहरुलाई सात दिने पुनर्ताजगी तालीम प्रदान ।

0 27

कृष्ण ढकाल
बर्दघाट,फागुन–२४
बर्दघाट नगरका सबै विद्यालयहरुलाई बाल मैत्री बनाउन र बालमैत्री शिक्षा प्रदान गर्न बर्दघाट नगरपालिका लागि परेको नगर प्रमुख धिरज शर्मा वस्यालले बताउनु भएको छ । उहांले नगरको कुल वजेटको २० प्रतिशत वजेट शिक्षामा लगानी गर्नु पर्ने नितिगत अवस्था रहेपनि काम गर्ने सवालमा अझै पुरा हुन नसकेको बताउनु भएको थियो । बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद् शाखाद्धारा आयोजित प्रारम्भीक बाल विकास केन्द्रका सहजकर्ताहरुलाई ७ दिने पुनर्ताजगी तालीमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख वस्यालले उक्त कुरा बताउनु भएको थियो । त्यसैगरी बर्दघाट नगरपालिकाले अघि सारेको बालमैत्री अभियानलाई सफल बनाउन बाल विकास केन्द्रका सहजकर्ताहरुको महत्वपूर्ण भुमिका रहने बताउदै रुचिका साथ सिकेका कुराहरु ब्यवहारमा उतार्नका लागि सहभागि शिक्षकहरुलाई आग्रह गर्नु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा बोल्दै प्रशासकिय प्रमुख मेघराज पाध्यायले ब्यवहारीक ज्ञानका माध्यामले बालबालिकाहरुलाई सिकाउनका लागि अनुरोध गर्नु भएको थियो । कार्यक्रममा तालीममा सहभागिका तर्फवाट बोल्दै शिक्षक मोनिका रायमाझीले विद्यालयहरुका प्र.अ.हरुलाई पनि बाल विकास केन्द्रका सहजकर्ताहरुसंगै राखेर तालीम दिन जरुरी रहेको बताउनु भएको थियो भने सबै विद्यालयहरुमा दिईने दिवा खाजाको अनुगमन हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । त्यस्तै सहभागि शिक्षक लिला भुषालले सिकाई पाठ्यपुस्तकको माग गर्नु भएको थियो भने शिक्षक सिता शर्माले बाल विकास केन्द्रका सहजकर्ताहरुलाई हेर्ने र गर्ने ब्यवहार स्थानिय निकाय देखि विद्यालयका प्र.अ. सम्म नै फरक भएको गुनासो गर्नु भएको थियो । उहांले बाल बालिकाहरुको स्वास्थ्य देखि वाल विकासका शिक्षकहरुको अवस्था प्रति पनि सरोकारवाला निकायको ध्यान जान जरुरी रहेकोमा जोड दिनु भएको थियो ।     बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज वस्यालको अध्यक्षता र बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद् शाखा प्रमुख ईन्द्र बहादुर कुंवरको संचालनमा भएको समापन कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रशासकिय प्रमुख मेघराज पाध्याय,सहजकर्ता सेतो गुरांसकी रीता थापा वोहोरा र भगवती थापा लगाएत पत्रकारहरुको समेत सहभागिता रहेको थियो । बर्दघाट नगरक्षेत्रका ३५ विद्यालयका २३ शिक्षक सहभागि तालीममा विद्यार्थीहरुलाई पढानका लागि प्रयोग गरीने स्थानिय वस्तुहरुवाट निमार्ण हुने शैक्षिक सामाग्रीहरुको समेत उत्पाद गर्ने देखि कथा लेख्ने,गिता गाउने, नाच्ने ,चित्र बनाउने ,खेल खेल्ने लगाएतका सिकाईहरुको तालीम प्रदान गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.