Jilla Ban Notis

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहले पांचौं स्थापना दिवस मनायो ।

0 45

रमेश कुमार भुसाल
सुनवल,साउन २३
प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीले पांचौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसकै अवसरमा महाविद्यालयले आफ्नो समग्र क्रियाकलाप र अवस्थालाई चित्रण गरि प्रकाशन गरेको युक्ती दर्पण नामक स्मारिका विमोचन गरेको छ । युक्ती दर्पण स्मारिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले प्रहरी संगठनात्मक , व्यवस्थीत र हिजोको दिनमा बफादारीका रुपमा रहेको भएतापनि कानुन सम्मत तरिकाले अगाडि वड्न र संस्थागत हिसावले प्रहरी परिचालन हुन जरुरी रहेको बताउनुभयो ।
सोहि अवसरमा युतिm तालिम केन्द्रमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका प्रहरीहरुलाई पुरस्कार वितराण समेत गरिएको थियो । वि.स २०६४ सालमा स्थापना भएको प्रहरी युक्ती तालिम महाविद्यालय ८ बर्ष सम्म प्रहरी प्रधान कार्यलयमा सिमिति रहेकोमा वि.स २०७२ साल माग २१ गते नवलपरासीको सुनवल ११ जर्गाहमा स्थानन्तरण भएको थियो । स्थापना दिवस कार्यक्रममा विभिन्न समाजिक , राजनैतिक र संस्थागत ब्याक्तित्वहरुको उपस्थीति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.