Jilla Ban Notis

प्रहरीद्धारा परासी बजार क्षेत्रमा व्यवस्थित पकिङ्गको अभियान शुरु ।

0 106

गौरीशंकर जयसवाल

परासी २१ माघ
पश्चिम नवलपरासी प्रहरीले परासी बजार क्षेत्रमा व्यवस्थित पकिङ्गको लागि अभियान संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपरासीको संयुक्त अयोजनामा परासी बजार क्षेलाई व्यवस्थित बनाउनको लागि परासीको बिभिन्न क्षेत्रमा एक तर्फि पाकिङ्ग बोर्डहरु स्थापना गरी अभियान शुरु गरेको छ ।

अभियानको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बुद्धचोकमा एक तर्फि पाकिङ्ग बोर्ड राखेर सुरुवात गरेगर्नु भएको छ ।
बजारक्षेत्रमा अव्यस्थित पाकिङ्गलाई सवारी जम्मा हुने र सवारी दुर्घटना हुने संभावना भएकोले बजारक्षेत्रमा व्यवस्थित पाकिङ्गको अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनु भएको छ ।

अहिले अवस्थित पाकिङ्गले गर्दा परासी बजारको सुन्दरता बिग्रीनुका साथै अवस्थितक पाकिङ्गले सवारी दुर्घटना बढ्न सक्ने भन्दै प्रहरीले अभियान संचालन गरेको केसीको भनाई रहेको छ ।

प्रहरीले परासीको बुद्ध चोक देखीपूर्व अदालत रोड सम्म र महेशपुर चोकसम्म गरी २५ वटा पाकिङ्ग बोर्ड राखेको ट्राफिक प्रहरी पोष्टका दामोदर मल्लले जानकारी दिनु भएको छ ।

अभियानको शुभरम्भ कार्यत्र,mममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सशस्त्र प्रहरी बेलशापुरका सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी,वडा अध्यक्षहरु स्थानिय सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.