Jilla Ban Notis

प्रर्थम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता सम्पन्न्

प्रतियोगितामा ५ स्वर्ण २ रजत र ४ कास्य हात पर्दै राजा महात्मा पूर्णभद्र मावि प्रर्थम

0 30

कृष्ण ढकाल
बर्दघाट,चैत्र–४
नवलपरासीको बर्दघाट नगरपालिकाले प्रर्थम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता सम्पन्न् गरेको छ । नगरपालिकाले आयोजना गरेको नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगितामा ५ स्वर्ण २ रजत र ४ कास्य हात पर्दै राजा महात्मा पूर्णभद्र मावि प्रर्थम भएको छ । त्यसैगरी ४ स्वर्ण २ रजत र ५ कास्य प्राप्तगरी सरस्वती मावि कुञ्जनपुर दोस्रो हुन सफल भएको छ भने न्यूलाईफ सेकेन्डरी स्कूलले ४ स्वर्ण २ रजत र १ कास्य प्राप्तगरी तृतीय भएको छ ।

प्रतियोगितामा भलिबल,हाईजम्प,लम्जम्प,सट्फूट,ज्यावलीङ्ग थ्रो र रनिङ्ग लगाएतका खेलहरु भएका थिए । जस्मध्ये रनिङ्न तर्फ १ सय,२ सय र ४ सय मिटरको सिङ्गल÷सिङ्गल तथा ४ सय र १६ सय मिटरको रिले दौड प्रतियोगिता भएको थियो। त्यसैगरी सटफूट तर्फ छात्राका लागि ८ पाउन्ड र छात्रका लागि १२ पाउन्डको सटफूट प्रतियोगिता भएको थियो ।

नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले विद्यालय भनेको पठन पाठन गर्ने स्थलमात्र नभै खेलाडी उत्पादन गर्ने कारखाना समेत भएको बताउनु भएको छ । उहांले नयां नयां खेलाडीहरुका लागि आफ्नो प्रतिभा देखाउने र खेलक्ष्ँेत्रका सरोकारवालाहरुले खेलाडीहरुको पहिचान गर्ने स्थलका रुपमा नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता स्थापित हुने बताउनु भएको छ ।

बर्दघाट नगरका ५ वटा संस्थागत र ११ वटा सामुदायिक गरी २६ विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए। जस्मध्ये ११ वटा विद्यालयहरुले मात्र विभिन्न पदकहरु हात पार्न सफल भए भने ५ वटा विद्यालयहरुले कुनै पनि पदक प्राप्त गर्न सकेन्न ।

Leave A Reply

Your email address will not be published.