sarawal

प्रधानमन्त्रीको निर्देशन पालना नहुँदा महेशपुर भन्सारले करोडौं राजश्व गुमाउँदै

141

प्रकाश न्यौपाने / नारायण भण्डारी
असार ११ गते
प्रधानमन्त्री निर्देशन पालना नहुँदा पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले करोडौं राजश्व गुमाउँदै आएको छ । चालु आर्थिक बर्षमा ३० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको महेशपुर भन्सार कार्यालयले आर्थिक बर्ष सकिनै लाग्दा करिव १० करोड राजश्व संकलन गरेको छ ।
प्लान्ट क्वारेन्टाईन नहुँदा ब्यापारीले आयात गरेका फलफुल तथा तरकारीजन्य बस्तुको भन्सार गर्न नसकिएको महेशपुर भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले बताउनुभयो । अहिले ब्यापारीहरु भन्सारका लागि आउने गरेपनि र्फिता पठाउनुपर्ने वा भैरहवा पठाउनुपर्ने बाध्यता रहेको चुँडालको भनाई छ । महेशपुर भन्सार कार्यालयले भन्सार नगरिदिँदा आफुहरुलाई निकै सास्ती खेप्नुपरेको तरकारी तथा फलफुल ब्यबसायीहरु बताउँछन् । नजिकको नाकाबाट भन्सार कार्यालयबाट भन्सार नगरी भैरहबा भन्सारमा पुग्दा आफुहरुको लागत बढ्ने उनीहरुको भनाई छ ।
क्वारेन्टाईन नभएका कारण ब्यापारीहरुले महेशपुर भन्सारबाट फलफुल तथा तरकारीजन्य बस्तु आयात गर्ने सोचनै नबाउने नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका निवर्तमान प्रदेश अध्यक्ष गुणनिधि तिवारी बताउनुहुन्छ ।
२०७८ असोज ७ गते तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्री स्तरिय निर्णयबाट प्लान्ट क्वारेन्टाईन तथा विषादी ब्यबस्थापन केन्द्रलाई महेशपुर सहित सुठौली भन्सार कार्यालय कपिलबस्तु र सिराह भन्सार कार्यालय सिराहमा तत्काल प्लान्ट क्वारेन्टाईनको ब्यबस्था गर्न निर्देशन दिनुभएको थियो । सुठौलीलाई क्वारेन्टाईन कार्यालय कृष्णनगर, सिराहालाई जलेश्वर क्वारेन्टाईन कार्यालय जलेश्वर र महेशपुरलाई क्वारेन्टाईन कार्यालय भैरहवाले हेर्ने गरी निर्णय भएको असोज ६ गते नै निर्णय भएको थियो । निर्णय भए लगत्तै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाईन तथा बिषादी ब्यबस्थापन केन्द्र हरिहरभवनले असोज ८ गते अर्को ब्यबस्था नभएसम्मका लागि प्रवेश अनुमती पत्र जारी गर्ने र त्यहाँ कार्यालयबाट खटाईएका एक÷एक जना प्राविधिक मार्फत सम्बन्धीत भन्सार कार्यालयले उपलब्ध गराउने कार्यकक्षको प्रयोग गरी आवश्यक निरिक्षण, परिक्षण गरी छोडपुर्जी जारी गर्ने सम्मको अधिकार दिँदै निर्णय अभिलम्भ कार्यान्वयन गर्न केन्द्रका तत्कालिन प्रमुख सहदेव प्रसाद हुमागाँईले तिनवटै क्वारेन्टाईन कार्यालयलाई निर्देशन दिादै पत्राचार गर्नुभएको थियो ।

किन कार्यान्वयन हुन सकेन महेशपुर क्वारेन्टाईन ?

तत्कालिन समयमा कृषितथा पशुपंक्षी विकास मन्त्रालय आफै माताहत राख्नुभएका प्रधानमन्त्री देउवाले निर्देशन दिएसंगै सुठौली र सिराह भन्सारमा कार्यान्वयन भै संचालनमा आए पनि महेशपुर भन्सारमा भने हाल सम्म कार्यान्वयन हुन सकेको छैन । भन्सार विभाग माताहतको सामान्य प्रशासन तथा जनशक्ति विकास शाखाका शाखा अधिकृत घनश्याम तिमिल्सीनाले २०८० जेठ २४ गते क्वारेन्टाईन कार्यालयबाट खटिई आउने कर्मचारीको लागि आवश्यक कार्यकक्ष उपलब्ध गराउन महेशपुर भन्सार कार्यालयलाई पत्र लेखेका थिए । भन्सार कार्यालयका प्रमुख चुडाल भन्नुहुन्छ “भन्सार कार्यालयको पत्र आएपछि महेशपुरमा पनि प्लान्ट क्वारेन्टाईन संचालन हुनेमा निश्चित थियौं । पत्रमा भनिए अनुसार हामीले प्राविधिकलाई कार्यकक्ष र आवासको ब्यबस्था मिलाएका छौं ।” महेशपुर भन्सार कार्यालयले प्राविधिकका लागि सम्पूर्ण ब्यवस्था मिलाए पनि भैरहवाले कर्मचारी नपठाउँदा संचालनमा आउन नसकेको चुडालको भनाई छ । उहाँ भन्नुहुन्छ “कर्मचारी ब्यबस्थापन गरिदिनका लागि भैरहवालाई पटक पटक आग्रह गरे पनि कर्मचारी ब्यबस्था हुन सकेको छैन ।”

कर्मचारी पठाउन क्वारेन्टाईन कार्यालय भैरहवाको आलटाल

भन्सार विभागका निर्देशक सुर्यप्रसाद सेढाईले २०७८ असोज १० गते सुठौली, मेहशपुर र सिराह भन्सार कार्यालयलाई निर्णय कार्यान्वयन गराउन भनी निर्देशन दिए पनि महेशपुर भन्सार कार्यालयमा भने कार्यान्वयन हुन सकेन । महेशपुर भन्सार कार्यालयले कर्मचारी ब्यबस्थापन गरिदिन गरेको आग्रहलाई विभिन्न बाहना बनाएर क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख कुलदिप घिमिरेले आलटाल गर्दै आएका छन् ।
सुठौली र सिराहा भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाईन सन्चालनमा आए पनि महेशपुुर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाईन संचालनमा नआउनुमा क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख कुलदिप घिमिरेकै कारण संचालनमा नआएको भन्सार श्रोतको दावी छ । श्रोत भन्छ प्लान्ट कवारेन्टाईन महेशपुरमा संचालनमा नआउँदा भारतबाट भित्रने तरकारी तथा फलफुल जन्य बस्तु महेशपुरबाट भैरहवा पठाउनुपर्ने र सो को लाभ घिमिरेले उठाउने गरेका छन् ।

सामान्यतया २ बर्षमा कर्मचारीहरुको सरुवा हुने प्रचलन रहे पनि घिमिरेले शक्ति प्रयोग गर्दै विगत ६ बर्ष देखी भैरहवामै हुनुहुन्छ । “घिमिरेले शक्तिको प्रयोग गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाईन तथा विषदी ब्यबस्थापन केन्द्र हरिहरभवनमा हाल जनशक्ति अभावका कारणले नियमित कार्य संचालनमा समेत कठिनाई भएको पत्र जारी गरिएको छ ।” श्रोत भन्छ ।

गत जेठ २४ गते भन्सार विभागले कर्मचारीका लागि आवश्यक कार्यकक्ष र आवासको ब्यबस्था मिलाउन भनी प्लान्ट क्वारेन्टाईन तथा विषदी ब्यबस्थापन केन्द्र हरिहरभवनलाई पत्राचार गरे संगै सोही दिन केन्द्रले जनशक्ती अभावका कारण देखाउँदै अल्पकालीन ब्यबस्थालाई निरन्तरता दिन कानुनी आधार नरहेको जिकिर गर्दै हाल कार्यालय प्रमुख रहनुभएकी सावीत्री बरालले सुठौली, सिराह र महेशपुर भन्सार कार्यालयलाई पत्राचार गर्नुभएको छ । यो पत्र संगै सुठौली र सिराहमा संचालन भएको क्वारेन्टाईन समेत बन्द भएका छन् ।

राजपत्रमा प्रकासित नभए बाँकी ठाउँका कर्मचारी फिर्ता बोलाउँछौं – आचार्य

जनशक्ति अभावका कारणले प्लान्ट क्वारेन्टाईन संचालन गर्न नसकिने पशु तथा पंक्षी विकास मन्त्रालय माताहतको प्लान्ट क्वारेन्टाई तथा विषादी ब्यबस्थापन केन्द्रका का सुचना अधिकारी महेशचन्द्र आचार्यले बताउनुभयो ।
आचार्य भन्नुहुन्छ “२०६३ सालमा नेपाल राजपत्रमा प्रकासित भएका प्लान्ट क्वारेन्टाईन बाहेक अन्य अल्पकालिन ब्यबस्था गरिएका ठाउँहरुमा खटिएका कर्मचारीहरुलाई फिर्ता बोलाउँछौं । राज्यलाई आवश्यक हो भने कानुनी आधार मेत खडा गरी निर्णय गर्नुपर्छ न कि मन्त्रालय स्तर वा अन्यत्रबाट होईन । राज्यलाई आवश्यकता अनुसार कानुनी आधार र जनशक्ति ब्यबस्थापन हुन सके मात्रै काम गछौं ।”

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/