Jilla Ban Notis

प्रदेश ५ सरकारले शिक्षामा बढी भन्दा बढी बजेट विनियोजन गरेको छ ः सांसद अधिकारी

0 12

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
प्रदेश ५ सरकारले शिक्षामा बढी भन्दा बढी बजेट विनियोजन गरि शिक्षामा लगानी बढाइरहेको प्रदेश नम्बर ५ का प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । प्रदेश ५ को शैक्षिक अवस्था माथि उठाउने उदेश्यले प्रदेश सरकारले शिक्षामा लगानी बढीगरेको सांसद अधिकारीले बताउनु भयो । शुक्रवार दाउन्ने देवी माध्यमिक विद्यालय बर्दघाटको ४८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसलाई सम्वोधन गर्दै सांसद अधिकारीले उक्त कुरा बताउनु भएको हो । विद्यालय ब्यवथापन समितीका सदस्य एवं नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा भएको ४८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेल, बर्दघाट नगर शिक्षा अधिकृत ईन्द्र बहादुर कुंवर, राष्ट्रिय परिक्षा बोर्ड बुटवलका निमित्त कार्यालय प्रमुख कमल अर्याल, प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्याय लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.