Jilla Ban Notis

प्रदेश नं.५ का १२ सहकारीहरुले प्रोबेशन ब्राण्ड प्राप्त गरे ।

0 77

बर्दघाट,पौष–४
प्रदेश नं.५ का १२ सहकारीहरुले नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् । वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्रदेश ५ का १२ वटा सहकारीले पाउन सफल भएका छन् ।
सहकारी विभाग र नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रमअन्तर्गत ५१ वटा सूचकहरु मूल्यांकन गरेपछि गुणस्तर सुनिश्चितताको प्रोबेशन ब्राण्ड दिने गर्दछ ।
प्रोबेशन ब्राण्ड प्राप्तिका लागि यसवर्ष देशभरका दुई सय सहकारीहरु प्रकृयामा रहेकामा ४४ वटाले यस वर्ष प्रतिस्पर्धा गर्दा ३४ वटा सफल भएको नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले बताउनु भएको छ । प्रोबेशन ब्राण्ड पाउनेमा प्रदेशगत हिसाबले प्रदेश ५ सबैभन्दा अगाडि रहेको छ । प्रोबेशन ब्राण्ड पाउने सहकारीहरुमा नवलपरासी पश्चिमको लुम्बिनी र सयपत्री,रुपन्देही देवदहको कोलिय देवदह, तिलोत्तमा शंकरनगरको सामूहिक विकास र कोटिहवाको जनउत्थान साकोस रहेका छन् । यस्तै गुल्मीको लेकाली स्वावलम्वन, दाङका महाप्रभु र हरियाली, प्यूठानको फूलबारी, बर्दियाका सिको र हाम्रो मध्यवर्ती तथा कपिलवस्तुको सिनर्जी साकोस रहेका छन् । ‘प्रोबेशन ब्राण्ड पाउन सहकारीको कारोबार सहितको प्रतिवेदन हरेक महिना सहकारी विभाग र नेफ्स्कुनमा पठाउनु पर्ने हुनछ ।

Leave A Reply

Your email address will not be published.