Jilla Ban Notis

प्रदेशसभा प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन ।

0 30

माघ–६
प्रदेशसभा प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ खैरियास्थित निवास पुगेर प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा क्रियाशिल बलदेव शर्मा पोखरेलको निधनले प्रदेशसभाले अनुभवी प्रदेश सभा सदस्य र दलको नेता गुमाएको बताउनुभयो । त्यसैगरी प्रदेश नम्बर ५ को आजै बसेको मन्त्रिपरिषदको बैठकले शोक प्रस्ताव पारित गर्दै स्वर्गीय पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो ।बैठकले उहाँप्रति प्रदेशस्तरीय सम्मान व्यक्त गर्ने निर्णय गरेको थियो । सो अवसरमा प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता र स्थानीयको सहभागिता थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रदेश सभामा रचनात्मक प्रतिपक्षको भूमिकामा स्थापित गराउनु भएका स्वर्गीय पोखरेलप्रति गाऊले दर्पण अनलाईन पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्दपरिवारमा समवेदना ब्यक्तगर्दछ ।

Leave A Reply

Your email address will not be published.